माओवादी लडाकुका पूर्व कमान्डरको शव होटलमा भेटियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काभ्रे : बनेपामा १० तरकारी बजार स्थित वेयलकल होटल एण्ड गेष्ट हाउसमा एमाओवादीका एंव पूर्व लडाकु ४५ वर्षिय पदमकेशर न्यौपाने मंगलबार मृत अवस्थामा भेटिएका छन्।
गैह्विसौना देउपुर ३ घर भएका न्यौपाने मंगलबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका हुन् । सोमबार दिउँसो ३ बजे होटलमा बास बस्नका लागि आएका उनी बिहान अवेर सम्म पनि नउठेपछि होटलका कर्मचारीले उनको कोठ जाँच गरेका थिए।
२० मिनेट सम्म ढोका ढकढकाउँदा समेत नखुलेपछि साहु सत्यनारायण भालुले प्रहरीलाई खबर गरेका थिए। होटलमा रहेका कामदारका अनुसार वेलुका ९ बजे खाना खाएर न्यौपानेले कोठमा रक्सी पानी र पापड लिएर गएका थिए।
ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक दिपक भारतीका अनुसार न्यौपाने सुतेको कोठामा भित्रबाट चुकुल लगाइएको र भुईमा खुट्टा झुन्डाइ खाटमा पल्टीएको अवस्थामा न्यौपानेको मृत शरिर फेला परेको छ। उनको कोठा भित्र सिग्नेचर ह्वीस्कीको बोटल, स्प्राईट ,मिनलरलवाटर र पापड रहेको रहेको थियो।
न्यौपाने पूर्व जनमुक्ति सेनाका प्याटुन कमान्डर र हाल एमाओवादीका एमाओवादीका जिल्ला परिषद् सदस्य हुन्। घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि घटनाको यथार्त विवरण आउने प्रहरी निरीक्षक भारतीले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses