गठबन्धनले तोक्यो १३ शहरका लागि १३ प्रमुख वक्ता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत १७– ३० दलीय गठबन्धनले चैत २१ गते देशका प्रमुख १३ शहरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ र सो अन्तरक्रिया कार्यक्रमका लागि केन्द्रबाट एक एकजना वक्ता पनि चयन गरेको छ । आज सिहदरवारमा बसेको गठबन्धनको सचिवालयको बैठकले काठमाडौका लागि गठबन्धनका संयोजक एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई प्रमुख वक्ता तोकेको छ भने विराटनगरका लागि वर्षमान पुन अनन्तलाई तोकेको छ ।
त्यसैगरि जनकपुरका लागि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, भैरहवाका लागि एमाआवादीका नेता डा.बाबुराम भट्टराई, वीरगञ्जका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपालगञ्जका लागि एमाओवादी नेता टोपबहादुर रायमाझी, पोखराका लागि संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, धनगढीका लागि मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई तोकेको छ ।
नारायणगढका लागि एमाओवादीका नेता गिरीराज मणीपोखरेल, विर्तामोडका लागि कुमार लिङ्गदेल, घोराहीका लागि एमाआवादीका नेता शाक्ति बस्नेत, राजविराजका लागि मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र गौरका लागि राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारीलाई वक्ता तोकेको छ । अगामी २४ गतेदेखि तीन दिनसम्म हुने आमहड्ताल लगायत अन्य विषय अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रिया कार्यक्रममा उद्योगी, व्यावसायी, पत्रकार, अधिकारकर्मीलगायत विभिन्न पेशाका प्रतिनिधिहरुको सहभागि रहने सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी गराए ।

###
0 comments
Write Down Your Responses