भारतलाई अस्ट्रेलियाको ३ सय २९ रनको चुनौती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: जारी ११औं विश्वकपको सेमिफाइनलमा पाँचौं उपाधि जित्ने धुनमा रहेको अस्ट्रेलियाले उपाधि रक्षा गर्ने अभियानमा लागिपरेको भारतलाई ३ सय २९ रनको चुनौती दिएको छ।
अस्ट्रेलियाको सिड्नी मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २८ रन बनाएको हो।
अस्ट्रेलियाका लागि स्टिभन स्मिथले सर्वाधिक १ सय ५ रनको योगदान गरे। उनले ९३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै सो रन बनाएका हुन्।
शुरुवातमै अस्ट्रेलियाले डेभिड वार्नरलाई गुमाएपछि आरोन फिन्च र स्मिथले पारी खेलेका थिए।
यस्तै आरोन फिन्चले १ सय १६ बलमा ७ चौका र एक छक्काको मद्दतले ८१ रन नबाए भने सेने वास्टनले २८ रन बनाए।
यता, भारतका उमेश यादवले सर्वाधिक ४ विकेट लिए भने मोहित शर्माले २ विकेट र रविभन्द्र आश्विनले १ विकेट लिए।
सर्वाधिक विजेता र अहिलेको नम्बर एक टोली अस्ट्रेलियाले घरेलु मैदानमा भारतलाई हराएर फाइनल पुग्नु अर्थपूर्ण हुनेछ।

###
0 comments
Write Down Your Responses