विदेशमा दुई युवकको ज्यान गयो, गाउँभरी शोक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रोल्पा : एकै गाउँका दुई युवकको विदेशमा मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। तेबाङ ७ रोल्पाका दुई युवकको विदेशी भूमिमा मृत्यु भएको हो।
मलेसियामा रहेका तेबाङ ७ का २६ वर्षीय नुपेन्द्र रोकामगरको आइतबार मृत्यु भएको हो। रोकामगरको काम गर्ने क्रममा क्रेनको बाकस खसेर चोट लाग्दा मृत्यु भएको हो। उनका ज्वाइँ डोरबहादुर पुनमगरका अनुसार उनको शव नेपाल ल्याउने प्रयास भइरहेको छ। 'रोकाको मृत्युको खबरले घरमा रुवाबासी चलिरहेको छ। गाउँ शोकमा छु', उनले भने।
डोरबहादुरका अनुसार माघ १३ गते सोही गाउँका २८ वर्षीय गोठीराम पुनमगरको साउदी अरबमा मृत्यु भएको थियो। खाना खाएर आराम गरिरहेका उनलाई हृदयाघात भएको थियो। उनको शव गाउँमा ल्याइपु:याएको केही दिनमै छिमेकी रोकामगरको मृत्युको खबर आएको हो।
गोठीराम अरब गएको एक महिनामै मृत्यु भएको हो। साहूबाट ऋण लिएर गएका उनको मृत्यु भएपछि परिवार शोकमा छ। बिमाबाहेकको अन्य रकम कम्पनीले नदिने भएपछि ऋण तिर्न उनको परिवारलाई कठिन परेको छ। गोठीरामकी पत्नी र दुई नाबालिका छोरी छन्।
मृतक नुपेन्द्रको घरमा ९ जनाको परिवार छ। कमाउन गएको छोराको दुर्घटनामा परी मृत्यु भएको खबरले परिवारका आँखा ओभाएका छैनन्। मृतकको शव छिटो नेपाल ल्याउन र उचित क्षतिपूर्तिका लागि पहल गरिदिन परिवारले नेपाल सरकारसँग माग गरेको छ।

###
0 comments
Write Down Your Responses