इतिहास रच्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अकल्यान्ड— विश्वकप क्रिकेटको सहआयोजक न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ। अकल्यान्ड मैदानमा एक समय धर्मराएको घरेलु टोलीलाई ग्रान्ट इलियोटको आक्रमणक ब्याटिङले विजयसम्म लक्ष्यसम्म पुर्‍यायो। उनले अन्तिम २ बलमा ५ रन आवश्यक रहेको अवस्थामा छक्का प्रहार गर्दै आफ्नो टोलीलाई नयाँ इतिहास बनाउन सार्थक मद्दत गरे।


यसअघि ओभर घटाइएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २९८ रनको चुनौती दिएको थियो। वर्षाका कारण ४३ ओभरमा खेलाइएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले ५ विकेट क्षतिमा २८१ रन बनायो। डिएल मेथडअनुसार न्युजिल्यान्डले २९८ रनको चुनौती पाएको थियो।

३८ ओभरमा खेल भइरहँदा वर्षाले खेल अवरुद्ध भएको थियो। त्यसपछि ५० ओभरको खेललाई ४३ ओभरमा खेलाउने निर्णय गरिएको थियो।



दक्षिण अफ्रिकाका प्लेसिस। उनले ८२ रनको योगदान दिए।

१०७ बल सामना गरेका प्लेसिसले दक्षिण अफ्रिकाका लागि ७ चौका र १ छक्का प्रहार गर्दै ८२ रन बनाए।



दक्षिण अफ्रिकाका ब्याट्सम्यान डे भिलियर्स। उनले नटआउट ६५ रन बनाए।

४५ बल सामना गरेका डे भिलियर्सले नटआउट ६५ रन बनाए। ८ चौका र १ छक्का मद्दतले उनले सो स्कोर बनाएका हुन‍्।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले विस्फोटक ब्याटिङ गरे। उनले १८ बलमा ४९ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।

मौसम अनुमान लगाउन कठिन भनिएको अकल्यान्डमा आज मौसम खराब हुनसक्ने पूर्वअनुमान गरिएको थियो।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z