गुडिरहेको जहाजबाट यात्रुले हामफालेपछि….
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
एजेन्सी : मुम्बर्इ विमानस्थलमा अवतरण गर्दै गरेको एउटा जहाजको आपतकालिन ढोका खोलेर पंखामा कुद्दै एक यात्रुले हामफालेका छन् ।

भारतको चन्डीगढबाट सोमबार बिहान उडेको जहाज मुम्बर्इ एपरपोर्टमा अवतरण गर्न धावनमार्गमा गुडिरेहेको जेट एयरवेजको जहाजको आपतकालिन ढोका खोली हामफालेका युवालार्इ प्रहरीले पक्रेको छ ।

जेट एयरवेजको जहाजको आपतकालिन ढोकाबाट निस्केका ती यात्रु जहाजको पंखामा दौडेर धावनमार्गमा हामफालेका थिए । जहाजको पंखामा कुद्दै धावनमार्गमा हामफालेका उनी त्यहाँबाट दौडँदै सिधै विमानस्थलको ढोकाबाट बाहिरिएका थिए ।

मुम्बर्इ विमानस्थलका एक प्रहरी अधिकारीले अन्य यात्रुको ज्यान जोखिममा पारेको भन्दै २७ वर्षीय आकाश जैनलार्इ गिरफ्तार गरेको छ ।

प्रहरीका अनुसार आकाश जैन ३० हजार रुपैयाँ लिएर घरबाट भागेको खुलेको छ । घरबाट भाग्ने बेला उनले मुम्बर्इ हुँदै गोवा जाने योजना बनाएका थिए । तर उनले पुने पुगेपछि आफ्नो योजना परिवर्तन गरेका थिए ।

प्रहरीले उनी कुनै रोगबाट ग्रस्त रहे नरहेकोबारे जाँच भइरहेको जनाएको छ । घटनापछि पुलिसले जालन्धर बस्दै आएका उनका परिवारसँग सम्पर्क गरेको थियो । उनका एक नाताले उनी घरबाट हराएपछि उनी हराएको खबर स्थानीय पुलिसमा समेत गरेका थिए ।

यसैबीच जेट एयरवेजले घटनापछि धावनमार्गमा अवतरण गर्दै जहाजको आपतकालिन ढोका खोलेर एक यात्रु हामफालेको पुष्टि गरेको छ ।

‘चन्डीगढ-मुम्बई उड़ान नम्बर ९ डबल्यू ४६९ मा यात्रा गरिरहेका एक यात्रीले जहाज मुम्बई विमानस्थलको पार्किङ वे मा जहाज गुडिरहेका बेला आपतकालिन ढोका खोलेर हामफाले', जेट एयरवेजले भनेको छ, 'आपतकालिन ढोकाबाट निस्केका यात्रुले पंखामा कुद्दै हामफाले । सुरक्षा एजेन्सीले तत्लका पहल गरेर घटनाको जाँच थालेका छन् ।'
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z