मोर्चाका कार्यकर्ताले पुलिसको टाउको फुटाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
वीरगन्ज : लाठी जुलुस निकाल्ने क्रममा तीन दलीय मोर्चाका कार्यकर्ताले वीरगञ्जमा प्रहरीको टाउको फुटाएका छन् । लाठीसहित जुलुस निकालेका मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा भएको झडपमा मोर्चाका कार्यकर्ताले प्रहरीको टाउको फुटाएका हुन् ।
माइस्थान चोकमा भएको झडपमा प्रहरी तर्फ एक प्रहरी सहायक निरिक्षकसहित तीन सुरक्षाकर्मी घाइते भएका हुन् ।
झडपकाक्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङगाले लागेर प्रहरी जवान सन्तोष पटेलको टाउको फुटेको छ । हवल्दार धनबहादुर बस्नेत र प्रहरी सहायक निरिक्षक विजुली भुजेलको हातमा चोट लागेको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले बताए ।
आन्दोलनकारीतर्फ पनि मोर्चाका पर्सा संयोजक एंव मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादव सहित आठ सामान्य घाइते भएका छन् । माइस्थान चोकमा प्रहरीले प्रदर्शनकारीको लाठी खोस्ने क्रममा झडप भएको भएको मोर्चाका संयोजक यादवले बताए ।
आन्दोलनकारी तर्फ फोरम नेपालका अध्यक्ष यादव, इन्द्रकान्त दास ,बाबुराम कौशिक, सन्तोष पासवान, गगन देव पटेल, ओम प्रकाश साह, मुख्तार अन्सारी, पिन्टु उपाध्याय र वकिल मिया सामान्य घाइते भएका हुन् ।
प्रहरीले आन्दोलनकारीबाट दुई सय ५७ वटा लठ्ठी नियन्त्रणमा लिइएको प्रनाउ ओलीले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses