पारिवारिक सम्बन्ध बिगार्न दुरुपयोग हुदैछ 'फेसबुक'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
स्याङ्जा: दार्सिङ दहथुमका १८ वर्षिया एक युवती अनुसन्धानका लागि एक सातादेखि प्रहरी नियन्त्रणमा छिन ।


एक महिलालाई अश्लिल शब्द प्रयोग गरी फोटो फेसबुक मार्फत पठाई पारिवारिक सम्बन्ध बिगार्न सहयोग गरेको आरोपमा उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको  छ ।


    प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारका अनुसार १८ बर्षे युवतीका पतिले कुनै एक महिलासंगै बसेर खिचेको फोटो आफ्नी श्रीमतीलाई फेसबुक मार्फत पठाए । संयोगबस, ती महिलालाई ती युवतीले पनि चिनिन् ।

सोही फोटो फेरी ती युवतीले बैदेशिक रोजगारमा रहेका ती महिलाका पतिलाई पनि पठाइदिइन् । त्यसपछि, ती महिलाले आफनो पारिवारिक सम्बन्ध बिगार्ने प्रयोजनले सामाजिक संजालको प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि युवती अहिले प्रहरी नियन्त्रणमा रहेकी हुन ।

     ‘एक छोराकी आमा समेत रहेकी ती युवतीले ३ बर्ष पहिले ३९ बर्षे युवकसँग प्रेम विवाह गरेको बताईन् । काठमाडौं बस्दै आएका पतिले केही दिनदेखी आफुलाई मानसिक यातना दिनका लागि फेसबुक मार्फत महिलासंगै बसेका केही फोटाहरु पठाउने गरेको’ ती युवतीको भनाई छ ।

      यसैगरी, आफुहरु बिचको प्रेम सम्बन्धलाई परिवारले स्विकार नगरेको भन्दै धम्कीपूर्ण भनाई सहित नग्न फोटो राखिदिने बताएपछि पुतलीबजार नगरपालिका निवासी २५ बर्षे एक युवक २ सातादेखी प्रहरी नियन्त्रणमा छन् ।

उनले पनि १८ बर्षे एक युवतीलाई अश्लिल शब्द प्रयोग गरी फेसबुकमा नग्न फोटो अपलोड गरिदिने धम्की दिएको भन्दै प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

केही महिनाअघि एकल एक महिलाले आफुलाई आफन्त पर्नेबाट फेसबुक मार्फत अश्लिल शब्द प्रयोग गरेको भनि प्रहरीकहा उजुरी गरेकी थिईन् ।

नातामा मामा पर्ने करिब ४२ बर्षिया पुरुषले ३५ बर्षिया ती महिलालाई सहयोग गर्ने बहानामा अश्लिल शब्द सहितको म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ ।

फेसबुकलाई सकारात्मक काममा भन्दापनि दुरुपयोग गर्ने क्रम बढ्दो रहेको बताउदै यस्ता कार्य गर्ने जो कोहिले पनि कानुनी कारबाही भोग्नु पर्ने बताउछन् स्याङ्जाका प्रहरी प्रमुख राजकुमार बैदवार ।    
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z