सप्तरीमा ८४ जना परीक्षार्थी निष्काशित, दाङमा ३६६ जना एसएलसी दिनबाट बन्चित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सप्तरी, दाङ, चैत्र ५ । सप्तरीमा ८४ जना परीक्षार्थी र ४ जना निरीक्षक निष्काशनमा परेका छन् ।

एसएलसी परीक्षाको पहिलो दिन विहीबार चिट चोरेको भन्दै जिल्लाका विभिन्न परीक्षा केन्दबाट परीक्षार्थीहरुलाई निष्काशित गरिएको हो ।

यसैगरी, सदरमुकाम राजविराजस्थित राजदेवी मावि र मोडेल उच्च मावि परीक्षा केन्द्रमा मर्यादा विपरीत कार्य गरेको भन्दै ४ जना निरीक्षकलाई पनि निष्काशन गरिएको छ ।

यस्तै, दाङमा भने ३ सय ६६ जना परीक्षार्थी परीक्षा दिनबाट बन्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका र कार्यालयले तोकेको राजश्व नबुझाएकाले परीक्षार्थीहरु परीक्षा दिनबाट बन्चित भएका हुन् ।

विभिन्न ८७ ओटा सामुदायिक विद्यालयका ३ सय ६६ जना परीक्षार्थीहरु परीक्षा दिनबाट बन्चित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z