सोमालियाको होटलमा सेना र विद्रोहीबीच भिडन्त, राजदूतसहित १० जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र १४ । सोमालियाको एक होटलमा सरकारी सेना र अतिवादी संगठन ‘अल सबाव’ विद्रोहीबीच भिडन्त हुँदा स्वीट्जरल्यान्डका लागि सोमालियन राजदूत युसुब बारी बारीसहित कम्तिमा १० जनाको मृत्यु भएको छ ।

राजधानी मोगादिसुमा रहेको मका अल मकारामा होटल कब्जामा लिएका विद्रोहीसँग सेनाको भिडन्त हुँदा उनीहरुको ज्यान गएको हो । विद्रोहीहरुले होटल अगाडि एक कार बम विस्फोट गराएलगतै आक्रमण गरेको जनाइएको छ ।

सरकारी सेनासँगको भिडन्तमा ६ जना विद्रोहीको मृत्यु भएको सोमालियन प्रहरी अधिकारीको भनाई उद्धृत गदै बीबीसीले जनाएको छ ।

भिडन्त चलिरहेकै समयमा अन्य उच्च अधिकारीहरु भने झ्यालबाट हाम फालेर ज्यान जोगाउन सफल भएको बताइएको छ । राजधानी मोगादिसुका अधिकांश होटल विद्रोहीको निसानामा पर्ने गरेका छन् ।

अल सबावका प्रवक्ताले उक्त होटल सरकारी अधिकारी बस्ने प्रमुख होटल रहेकाले कब्जामा लिइएको बताएका छन् । अमेरिकी प्रशिक्षित सोमालियन सेनाले भने अधिकांश होटल विद्रोहीको कब्जाबाट फिर्ता लिन सफल भएको जनाएको छ । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z