युरोकप छनोटः स्पेनको कठीन जित, खेलाडीबीच मैदानमै झडप
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र १४ । सन् २०१६ मा हुने युरोकप फुटबलको छनोट खेलअन्तर्गत् समूह ‘सी’का खेलहरुमा बेलारुस, स्लोभाकिया र स्पेन विजयी भएका छन् ।

घरेलु मैदानमा शुक्रबार राति मेसेडोनिया बेलारुससँग २—१ ले पराजित भयो । मध्यान्तरसम्म एक–एकको बराबरी भएको खेलमा मध्यान्तरपछि थप एक गोल थप्दै बेलारुस विजयी भएको हो ।

यस्तै, अर्को खेलमा घरेलु मैदानमा स्लोभाकियाले लग्जेम्बर्गलाई ३—० ले हरायो । स्लोभाकियाले मध्यान्तरअघि नै तीन गोल गरेको थियो । स्लोभाकियाका अदाम नेमेकले १०औं मिनेटमै खाता खोले । २१औं मिनेटमा भ्लादिमीर विइसले अग्रता दोब्बर पारे । ४१औं मिनेटमा पिटर पेकरिकले तेस्रो गोल गरे ।

शुक्रबार राति नै स्पेन र युक्रेनबीच भएको खेलमा स्पेन १—० ले विजयी भयो । स्पेनलाई जिताउन खेलको २८औँ मिनेटमा अल्भारा मोराताले निर्णायक गोल गरे ।

यसैबीच, समूह ‘इ’का खेलहरुमा इंग्ल्यान्ड, स्लोभानिया र स्वीट्जरल्यान्ड विजयी हुँदा लिथुआनिया, सानमारिनो र इस्टोनिया पराजित भएका छन् ।

इंग्ल्यान्डले लिथुआनियालाई ४—० ले पराजित गर्‍यो । सानमारिनो स्लोभानियासँग ६—० को विशाल गोल अन्तरले पराजित हुन पुग्यो । स्वीट्जरल्यान्डले इस्टोनियालाई ३—० ले हरायो ।

युरोकप छनोटको समूह ‘जी’का खेलमा अस्ट्रिया र स्वीडेनले विजयी भए । अस्ट्रियाले लिचेस्टेनलाई ५—० ले पराजित गर्दा मोल्दोभा स्वीडेनसँग २—० ले पराजित भयो ।

उता, रसिया र मोन्टेनेग्रोका खेलाडीबीच मैदानमै झडप हुँदा खेल रद्द भएको छ । दुई टिमका खेलाडी र अफिसियलबीच विवाद हुँदा जर्मनीका रेफ्रीले खेल रद्द भएको घोषणा गरेका हुन् ।


छनोट चरणका अन्य खेलहरुमा शनिबार राति समूह ‘ए’, ‘बी’ र ‘एच’का खेल हुँदैछन् । समूह ‘ए’को खेलमा काजखस्तानले आइसल्यान्डसँग खेल्दा चेक गणतन्त्र र लात्भिया आमने–सामने हुँदै छन् ।

समूह ‘बी’को एक मात्र खेलमा इजरेलले वेल्सको सामना गर्नेछ । समूह ‘एच’अन्तर्गत् अजर बैजान र माल्टा तथा क्रोएसिया र नर्वे भिड्दै छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z