एसिड हान्नेलाई ज्यान मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चार सातापछि अभियुक्त प्रहरी नियन्त्रणमा
काठमाडौं : राजधानीको झोछेंस्थित ए प्लस ट्युसन सेन्टरमा प्रवेश गरी छात्राहरूमाथि तेजाब छ्याप्ने अभियुक्त जीवन विकलाई प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ। गत फागुन १० गते एसएलसी तयारीका लागि ट्युसन पढ्ने क्रममा दुई छात्रामाथि तेजाब प्रहार गर्ने जीवनलाई प्रहरीले चार सातापछि बल्ल नियन्त्रणमा लिएको हो।
रामेछाप पुलासी घर भई टोखा विनायकमार्गमा डेरा बस्ने जीवनले योजनाबद्ध ढंगले तेजाब आक्रमण गरेको दाबीसहित उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ।
मुलुकी ऐनको ज्यानसम्बन्धी महलमा 'ज्यान मार्ने उद्योग' अन्तर्गत दोषी ठहरिए पाँचदेखि १२ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी दिनेश आचार्यले जीवनविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिने जानकारी दिए।
महानगरीय प्रहरी आयुक्त कार्यालयले उक्त आरोपमा पक्राउ परेका जीवनलाई शुक्रबार सार्वजनिक गरेको छ। उनलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एआईजी विज्ञानराज शर्माले जीवनको बयान र प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार संगीता पुलामी मगरसँगको प्रेमसम्बन्धमा टकराव उत्पन्न भएपछि बदला लिन उनले तेजाब आक्रमण गरेको बताए।
शर्माले भने, 'संगीता र जीवन पहिला एउटै घरमा डेरा गरी बस्ने गरेको र दुवैले एकअर्कालाई मन पराउन थालेको संगीताको परिवारले थाहा पाएपछि दुवै परिवारबीच झगडा भएको थियो। संगीताका कारण आफू अपहेलित भएको महसुस गरेका जीवनले उनको सुन्दरता बिगार्ने योजनाअन्तर्गत तेजाब प्रहार गरेको बयान दिएका छन्।'
प्रहरी दाबीअनुसार उनीहरूबीच २०६९ देखि चिनजान थियो। बीबीएस पहिलो वर्षमा अध्ययनरत जीवनले संगीतालाई ट्युसनसमेत पढाउँदै आएका थिए। संगीताले पनि सुरुसुरुमा जीवनलाई मन पराएकी थिइन्।
एसिड हान्ने युवा जीवन विक बेहोस भएको नाटक गर्दै। तस्बिर: प्रजित ताम्राकार
न्युरोडमा चियापसल गरेर बस्ने जीवनका परिवार र संगीताको परिवारबीच सुरुमा राम्रै सम्बन्ध थियो। संगीताका भाइ सन्तोषले दिदी र जीवनबीचको प्रेमसम्बन्धबारे परिवारलाई जानकारी गराएपछि दुवै परिवारमा झैझगडा भएको जीवनले बयानमा भनेका छन्।
सुरुमा जीवनले आफ्नो थर खड्का भनेको र पछि विक भएको थाहा पाएपछि संगीता टाढिएकी थिइन्। जीवनको बयानअनुसार २०७० मंसिरदेखि उनी र संगीताबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो।
बयानअनुसार संगीताले जीवनलाई 'तँ कालेले मजस्ती राम्री केटीसँग संगत गर्न सुहाउँदैन' भनी पटकपटक भनेपछि घमण्ड तोड्ने योजनाअन्तर्गत उनले तेजाब आक्रमण गरेका थिए।
तेजाब आक्रमणबाट घाइते संगीताले भने कसैसँग प्रेमसम्बन्ध नभएको दाबी गर्दै आएकी छन्। संगीतालाई छ्यापेको तेजाब उनीसँगै रहेकी सीमा बस्नेतलाई पनि परेको थियो।
एसिड आक्रमणमा घाइते सीमा र संगीता
तेजाबबाट जलेर घाइते दुवैको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूले अस्पतालको शय्याबाट एसएलसी परीक्षा दिइरहेका छन्।
'हामीले सुरुदेखि नै बदलाको भावना, महत्त्वाकांक्षी भावना, उच्च संवेदनशील र मानसिक विचलनका कारणले यस्तो घटना हुन गएको विश्लेषण गरी सोही आधारमा अनुसन्धान सुरु गरेका थियौं', एआइजी शर्माले भने।
जीवनले एक सय २५ रुपैयाँ तिरेर तेजाब किनेका थिए। जथाभाबी तेजाब बिक्री गर्नेमाथि सरकारले कारबाही गर्नुपर्ने शर्माले बताए।
पत्रकार सम्मेनलनमा बेहोस भएका जीवनलाई वीर अस्पतालमा उपचार गरी हनुमानढोका प्रहरी हिरासतमा राखिएको छ।
यसरी बन्यो योजना
प्रहरीका अनुसार प्रेमसम्बन्धका कारण दुवै परिवारबीच भएका झैझगडा केही समय त्यत्तिकै सेलाएको थियो।
गत वैशाखमा जीवन ५० हजार रुपैयाँ लिएर भारतीय सेनामा भर्ती हुन भन्दै सिक्किम हानिएका थिए। भर्ना छनोटमा फेल भएपछि फर्किएका उनी परिवारलाई जानकारी नदिई टोखामा छुट्टै डेरा लिएर बस्दै आएका थिए।
उनी दसैंतिहार मनाउन टोखाबाट परिवार बसेको ठाउँ झोछें आए। उनले झोंछेमै बस्ने संगीतासँग बोल्ने प्रयास गरे। तर, पुरानै व्यवहार पाएपछि उनी फेरि सिक्किम जान्छु भन्दै टोखाकै डेरामा गएर बस्न थालेका थिए।
संगीता र उनको परिवारले तल्लो जाति भनेर आफू र आफ्नो परिवारका सदस्यलाई अभद्र व्यवहार गरेपछि त्यसको बदला लिन उनी चाहन्थे। उनी संगीताको सौन्दर्यलाई जसरी पनि कुरूप बनाउने योजनामा थिए।
यसका लागि पटकपटक टोखाबाट झोछें आई संगीताको रेकी गर्ने र उनी तेक्वान्दो खेल्न जाँदा सिठ्ठी फुक्दै जिस्काउने गरेका थिए।
सुरुमा उनले रडले हानेर बदला लिने मनसाय बनाएका थिए। तर तेजाब हानिएको दृश्यसहितका हिन्दी चलचित्र र सिरियल हेरेपछि उनले योजना बदलेको बयान प्रहरीलाई दिएका छन्।
बयानअनुसार उनले गत जेठमै न्युरोडको एक ब्याट्री पसलबाट एक सय २५ रुपैयाँमा तेजाब किनेका थिए। त्यो तेजाब डेरामा लगेर प्लास्टिकको बोतलमा रा ने क्रममा पोखिएपछि उनले दोस्रोपटक न्युरोडबाटै तेजाब खरिद गरी हर्लिक्सको सिसीमा राखेका थिए।
पटकपटक तेजाब छ्याप्ने प्रयास असफल भएपछि उनी फागुन १० गते बिहान ५ टोखाबाट माइक्रोबस चढेर वसन्तपुर पुगेका थिए। संगीताको डेराबाहिर कोही नदेखेपछि जीवन वसन्तपुर डबलीतर्फ हानिए।
संगीताले ट्युसन पढ्ने जानकार जीवन कुन ट्युसन सेन्टर भन्नेमा बेखबर थिए। हिँड्दै गर्दा ए प्लस ट्युसन सेन्टरमा बत्तीको उज्यालो देखेपछि को रहेछ भनेर हेर्दा संगीता र अर्की छात्रा (हेमु मुखर्जी) लाई देखे। त्यतिबेलै सीमा बस्नेत पनि कोठाभित्र पसिन्।
एसिड हानिएको ट्युसन सेन्टर
उनीहरू तीनैजना बेन्चमा बसेर पढ्दै गरेको अवस्थामा जीवनले भित्र पसेर हर्लिक्सको सिसीमा लगेको तेजाब संगीतालाई लक्षित गरी याँकेका थिए। संगीतालाई हानेको तेजाबले अरूलाई पनि लाग्यो। तेजाब फ्याँकेपछि उनी त्यहँबाट सुइँकुच्चा ठोकेका थिए।
काठमाडौंदेखि सिक्किमसम्म
तेजाब छ्यापेपछि सिसी ट्युसन सेन्टरनजिकै फालेर भागेका जीवन सोह्रखुट्टेमा पुगी माइक्रोबस चढेर टोखा डेरामा गई सुतेका थिए।
घटना भएकै साँझ जीवनका भाइ सुजनले फेसबुकमार्फत 'संगीतालाई तेजाब हानिएको रहेछ नि' भनेर सोध्दा उनले थाहा नभएको बताएका थिए।
एसिड हानिएपछि डढेर कालो भएका डेस्क बेन्च
परिवारलाई आफू सिम्किममै रहेको बताइरहेका जीवनले तेजाब आक्रमणको समाचार सञ्चारमाध्यममा आएपछि पत्रपत्रिकासमेत किनेर पढ्ने गरेको बयान प्रहरीलाई दिएका छन्।
पक्राउ पर्ने डरले उनी फागुन २० गते काठमाडौंबाट काँकडभित्ता हुँदै २३ गते सिक्किम पुगे।
सिक्किममा चार-पाँच दिन बसेपछि २७ गते काठमाडौं आएका उनी परिवारसँग पनि सम्पर्क नगरी टोखामै बसेका थिए।
यसरी पक्राउ परे
जीवन भागे पनि प्रहरीको शंकाको घेरामा परिसकेका थिए। घटनाको केही दिनपछि संगीता र उनका परिवारले पनि जीवनमाथि शंका गरेर प्रहरीलाई बयान दिएका थिए।
घटना अनुसन्धान गर्न बनेको एसपी मीरा चौधरीको टोलीले उपत्यकामा एसिड बिक्री गर्ने पाँचवटा पसल र ९९ जना प्रयोगकर्तालाई भेटेर सोधपुछ गरेको थियो।
प्रहरीले आक्रमणकारीको हुलिया पनि सार्वजनिक गरेको थियो। तेजाब हान्नेको हात पनि जलेको आशंकामा ८३ वटा हस्पिटल र मेडिकलमा पुगेर प्रहरीले सोधपुछ गर्यो।
यसबीचमा प्रहरी अनुसन्धान जीवनतिर मोडिएको थियो। एआईजी शर्माका अनुसार प्रहरीले जीवनका भाइ सुजनसँग पनि घटनाबारे सोधपुछ गर्यो।
सुजनले घटना भएकै दिन दाजु जीवनसँग फेसबुकमा कुरा हुँदा उनले सिम्किममै रहेको बताएको जानकारी प्रहरीलाई दिए।
त्यसपछि प्रहरीको एउटा टोली सिक्किम पुगेको थियो। सिक्किममा पुगेको प्रहरी टोलीले जीवनसँगै फर्किएको एक युवकका बारेमा सूचना बटुल्यो।
'ती साथीका माध्यमबाट जीवनको फोन नम्बर प्रहरीले फेला पारेपछि 'लोकेसन' पत्ता लगाउँदा टोखा देखिएपछि बिहीबार राति ११ बजे प्रहरीले डेरामा पुगेर पक्राउ गरेको जानकारी एआईजी शर्माले दिए।
प्रहरीले जीवनको डेराबाट तेजाब घटनासँग सम्बन्धित विभिन्न मितिका पत्रपत्रिकासमेत बरामद गरेको छ।
'भगवान्ले मेरो पुकारा सुने'
संगीताकी आमा चमेली
एसिड आक्रमणमा परेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी संगीता पुलामी मगरकी आमा चमेली मगरले घटनाका दोषी पक्राउ परून् भनेर आफूले दिनरात भगवान्सित प्रार्थना गरेको र भगवानले आफ्नो पुकारा सुनेको बताइन्।
यो घटनामा आफ्नो छोरीको कुनै दोष नभएको उल्लेख गर्दै उनले छोरीको खुसी पहिलेजस्तै हुने वा नहुने भनेर अझै चिन्ता लागेको बताइन्। 'आक्रमणकारी पक्राउ परेकोमा म खुसी छु', चमेलीले अन्नपूर्णसँग भनिन्।
यस्तै संगीतासँगै आक्रमणमा परेर वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेतकी आमा सीता बस्नेतले एसिड आक्रमणकारी पक्राउ परेकोमा खुसी लागेको प्रतिक्रिया व्यक्त गरिन्। 'ढिलोचाँडो न्याय पाइँदो रहेछ', उनले भनिन्।
एसिड आक्रमणबारे शिक्षण अस्पतालकी मनोचिकित्सक मनीषा चापागाईंले एकदुईजनाले यस्तो गतिविधि गर्दैमा त्यसलाई आमरूपमा लिन नहुने बताइन्। 'किशोरहरूमा छिटो आवेगमा आउने र गम्भीर नहुने प्रवृत्ति हुन्छ', उनले भनिन्, 'अभिभावकले आफ्ना बालबच्चाको ख्याल राख्नुपर्छ।'

###
0 comments
Write Down Your Responses