केपी ओलीले गुण्डाको संरक्षण गरे : माधव नेपाल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गुण्डाहरुको संरक्षण गरेर पार्टीलार्इ जाली तरिकाले चलाएको आरोप लगाएका छन् ।
युवा संघ नेपालको असन्तुष्ट समूहको शनिबार काठमाडौंमा भएको भेलालार्इ सम्बोधन गर्दै नेता नेपालले पार्टीमा गुण्डाहरुलार्इ स्थान दिएर सज्जनहरुलार्इ सिद्याउने खेलमा ओलीपक्ष लागेको आरोप समेत लगाए ।
नेता नेपालले गुण्डा र सज्जनहरु एकै स्थानमा बस्न नसक्ने बताउँदै पार्टीको भातृ संगठन युवा संघमा गुण्डा र सज्जन दुबै रहेको उल्लेख गरे ।
‘गुण्डा र सज्जन एकै ठाउँ बस्न सक्दैनन्’, नेता नेपालले भने, ‘युवा संघ नेपाल 'पैसा कलेक्टर’ हरु र गुण्डाहरुको संगठन होइन, यो त सिद्धान्तनिष्ठ कार्यकर्ताहरुको संगठन हो ।’
नेता नेपालले युवा संघका सचिव अशोक चन्दमाथि केही दिनअघि मिनभवनमा गरिएको सांघातिक हमलाप्रति लक्षित गर्दै सो घटनामा युवा संघकै अर्को पक्षको हात रहेको दाबी गरे । 'युवा संघमा रहेका गुण्डा र मुन्द्रेहरुलार्इ किन कारबाही नगर्ने ?, नेपालले भने, 'गुण्डाको शैलीमा आक्रमणमा उत्रनेहरुलार्इ संगठनबाट तत्काल हटाएर कारबाही थालियोस ।'
उनले अध्यक्ष केपी ओलीप्रति संकेत गदै पार्टीलार्इ जाली तरिकाले चलाउन खोजेको आरोप लगाए । ‘पार्टी जाली तरिकाले चल्न सक्दैन, इमानदारिता चाहिन्छ ’, उनले भने, 'जाली तरिकाले पार्टी चलाएर कार्यकर्तामाथि अन्याय गरिन्छ भने माधव नेपाल तिनीहरुको संरक्षणमा उभिन तयार छ ।'
असन्तुष्टहरुको भेलालार्इ सम्बोधन गर्दै नेता नेपालले आइ लाग्नेसँग जाइ लाग्नसमेत निर्देशन दिँदै चित्त नबुझेका कुरा पार्टी केन्द्रमा राखिनुपर्ने बताए । उनले पार्टी केन्द्रबाटै समस्याको समाधान खोजिनुपर्ने बताउँदै समानान्तर कमिटी नबनाउन कार्यकर्तालार्इ निर्देशन दिए ।
असन्तुष्ट पक्षले थालेको आन्दोलनलार्इ स्वाभिमानको लडाइँको संज्ञा दिँदै नेता नेपालले आफूले उनीहरुलार्इ न्याय दिलाउन संघर्ष गर्ने पनि उल्लेख गरे ।

###
0 comments
Write Down Your Responses