भिखारीहरुले बैंक खोलेपछि..............
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :एजेन्सी
एजेन्सी: भारतको बिहारस्थित गया शहरमा भिखारीको एक समूहले आफ्नो बैंक खोलेका छन् । बैंकको स्थापना गरेर भिखारीहरुले आफूलार्इ संकट परेको अवस्थामा सस्तो दरमा ऋण लिएर काम चलाउने गरेका छन् ।
गया शहरको मंगलागौरी देबी मन्दिरमा आउने हजारौं भक्तजनबाट पाउने भिक्षाबाट जीवन गुजारा गर्दै आएका भिखारीहरुले यो बैंकको स्थापना गरेका हुन् । भिखारीहरुले यो बैंकको नाम मंगला बैंक राखेका छन् ।
यो अनौठो बैंकमा ४० जना सदस्य रहेका छन् । ती सदस्यमध्येका एक राजकुमार माझीले बैंक स्थापना गरिएको पुष्टि गरे । 'यो सत्य हो कि हामीले आफ्ना लागि बैंक स्थापना गरेका छौं', माझीले भने, ' 'बैंक प्रबन्धक, खजाञ्ची र सचिवसँगै एकजना एजेन्टसहित सबै जना भिखारी रहेका छन् ।'
बैंकको खाता र अन्य काम चलाउने जिम्मेवारी अरु भिखारी भन्दा पढेलेखेका राजकुमार माझीले पाएका छन् । 'हामी सबैले प्रत्येक मंगलबार २० रुपैयाँ जम्मा गर्छौं', उनले भने, 'हाम्रो बैंकमा हप्तामा ८ सय रुपैयाँ जम्मा हुन्छ ।'
बैंकका एजेन्ट विनायक पासवानले हरेक हप्ता सदस्य भिखारीहरुबाट पैसा उठार्इ जम्मा गर्छन् । 'यो बैंक अघिल्लो वर्ष ठूलो हर्ष र आशाका साथ भिखारीको आवश्यकता पूर्ति गर्न शुरु गरिएको हो', बैंककी सचिव मालती देबीले भनिन्, 'हामीसँग समाजले राम्रो व्यबहार हुँदैन । किन कि हामी गरिबका पनि गरिब हौं ।'
भिखारीले आफ्नो खाता खोल्नका लागि मालतीले धेरै भन्दा धेरै भिखारीसँग सम्पर्क गरिरहेकी छन् । 'बैंकका सदस्य जो भिखारी छन्, उनीहरुसँग गरिबीको रेखामुनि रहेको सरकारी आधार कार्ड समेत छैन' उनले भनिन्, ।
राजकुमार माझीकी पत्नी नगिना देवी बैंककी खजाञ्जी छन् । 'मेरो काम जम् भएको पैसोको लेनदेन गर्नु हो', उनले भनिन् । माझीले उनको बैंकले आपत परेका बेलामा भिखारीहरुलार्इ मद्दत गरिरहेको जानकारी दिइन् ।
बैंकले लगानी गरेको रकम असुल्न ब्याजस्वरुप २ देखि ५ प्रतिशतसम्म ब्याज लगाएका छन् । नाथुन बुद्धा, बसन्त माझी, रिता मसोमात र धौला देवीसहितका भिखारीहरुले आफूसँग बैंक भएकाले धेरै खुसी लागेको प्रतिक्रिया दिए । भिखारीलार्इ बैंक खोल्नाका लागि अत्यनत निर्धन एवम् समाज कल्याण राज्य समितिका अधिकारीले प्रोत्साहित गरेका थिए ।

###
0 comments
Write Down Your Responses