एटिएमबाट करोडौं चोर्ने बुल्गेरियन प्रकाउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : मास्टर तथा भिजा कार्डको प्रयोग गरी एटिएम मेसिनबाट करोडौं रुपमा चोरी गरेको अभियोगमा प्रहरीले एक बुल्गेरियन नागरिकलार्इ पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । ३८२१८७८१६ नम्बरको राहदानी बोकेका रिपब्लिक बुल्गेरियाका ४२ वर्षीय पेट्रोस्लाभ रिस्टोभलार्इ प्रहरीले एक करोड २० लाख नगदसहित समाएको हो ।

दरबारमार्ग र ठमेलक्षेत्रका विभिन्न बैंकहरुका एटिएम मेशिनबाट रकम चोरेर त्यहीँका मनी चेन्जरबाट सटही गरी नेपाल बाहिर लाने काममा संलग्न बुल्गेरियाका नागरिक ४२ वर्षीय पेट्रोस्लाभ रिस्टोभलार्इ केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

मास्टर र भिजा कार्डको पिनको प्रयोग गरी हिमालयन बैंकको एटिएमबाट रकम निकालेर हिँडेका उनलार्इ सिसिटिभी फुटेजको आधारमा पिछा गरिररहेको प्रहीको टोलीले मंगलबार एटिमएबाट झिकेको एकर करोड २० लाख आठ हजार सात सय ४४ रुपैयाँसहित समाएको हो । उनले एउटा एटिएम मेशिनमा पसेर करिब १५ मिनेटको समयमा पिनको प्रयोग गरी रकम निकाल्दै हिँड्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

हिमालयन बैंकले दिएको सिसिटिभीको हुलियाका आधारमा पछ्याएको प्रहरीले उनलार्इ काठमाडौंको त्रिदेवीमार्गस्थित टेम्पल टाइगर अपार्मेन्टको कोठा नम्बर ८ बाट प्रहरीले एटिएमबाट झिकेको ठूलो परिमाणको नगदसहित समाएको हो ।

प्रहरीले कोठा खानतलासी गर्दा १७९ मास्टर कार्ड, म्याग्नेटिक स्ट्रिय कार्ड रिडर र राइटर, एक थान ल्याप्टप, तीनथान मोबाइल र ठूलो परिमाणको नगद बरामद गरेको हो ।

प्रहरीका अनुसार उनको कोठाबाट  ४० हजार अमेरिकन डलर, ५७ हजार दुर्इ सय यूरो र १८ लाख नेपाली रुँपैयासहित जम्मा एक करोड २० लाख आठ हजार सात सय ४४ रुपैयाँ बरामद भएको हो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z