हराएका सुदिप भारतमा भेटिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रुपन्देही: एसएलसी परिक्षा दिईरहेका १६ वर्षिय सुदिप अधिकारी चारदिन पछि भारतको गोरखपुरमा आज साझँ फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राजेन्द्र ढकाल र उनी अध्ययनरत विद्यालय बुटवलको न्यू होराइजन बोडिङ स्कुलका प्रिन्सीपल लोकनाथ उपाध्यायले उनी आज साझँ बेलुका ६ बजे भारतको गोरखपुरबाट आफन्तको सम्पर्कमा आएको पुष्टि गरेका छन् ।
उनका बाबु टंक अधिकारी छोरालाई घर ल्याउन गोरखपुर गएको कुरा पनि प्रहरी र विद्यालयले जनाएको छ ।
गत आइतवार गणित विषयको परिक्षामा चाहेजस्तो उत्तर लेख्न नसकेपछि आफू कमजोर रहेको विज्ञान विषयको परिक्षा दिनुपूर्व आइतवार साँझ नै वेपत्ता भएका सुदिपको खोजीमा सम्पूर्ण सरकारी साधन स्रोत, विद्यालय, आफन्त, साथीभाई जुटेपनि बुधवारसम्म उनीबारे कुनै सूचना पाउन सकिएको छैन ।
शुरुमा अपहरण भएको आशंका गरिएपनि रुपन्देही जिल्लाको धेरैजसो घर, वनजंगल, नदि किनार र भारतीय सिमावर्ती नाका समेत सिलवन्दी गरी खोजी गर्दा केही पत्तो लागेको थिएन ।
खोजीबाट कुनै नतिजा हात नलागेपछि हैरान भएका सुरक्षा अधिकारी र विद्यालय एवं घर परिवार उनी स्वयं वेपत्ता भएको निष्कर्षमा पुगेका थिए ।
उनले अध्ययन गरेको न्यू होराइजन वोर्डिङ स्कुलका प्रिन्सीपल लोकनाथ उपाध्यायका अनुसार सुदिप मध्यम खालको विद्यार्थी भएपनि गत सेन्टअप परिक्षामा गणित विषयमा ९९ प्रतिशत अंक ल्याएपछि उत्साहित भएका थिए ।
यसपछि उनको एसएलसीमा ९० प्रतिशत वढी अंक आउने भयो भनि परिवारले त्यहि हिसावले दवाव दिएका थिए । विज्ञानमा उनी कमजोर थिए ।
‘कमजोर मानिसको अचानक हैसियत बढेपछि इज्जत धान्न जुन गाह्रो हुन्छ त्यस्तै अप्ठ्यारोमा सुदिप परेको निष्कर्षमा हामी पुगेका छौं’ उपाध्यायले अन्नपूर्णसँग भने –‘उनी कतै लुकेर बसेको हाम्रो अनुमान थियो ।’

###
0 comments
Write Down Your Responses