किरिया गरेको मान्छे घर फर्केपछि...
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जाजरकोट : मरिसकेको ठानेर १७ वर्षअघि नै काजकिरिया गरिसकेका यहाँका एक व्यक्ति टुप्लुक्क घरमा आइपुग्दा उनको घरमा खुसी छाएको छ ।

नायकवाडा गाविस-२ मैनाका शरण नेपाली परिवारले आफ्नो काजकिरिया गरेको १७ वर्षपछि घर फर्केका हुन् । वि.सं. २०५४ मा मैना गाउँबाट माओवादीले घरबाट निकालेर लखेटेपछि उनी बेपता भएका थिए ।

घरबाट निकालिएपछि बेपत्ता नेपालीलाई परिवारले सम्पर्कमा नआएपछि मृत्यु भएको ठानी नायकवाडा गाविसको कार्यालयमा मृत्यु दर्तासमेत गरी द्वन्द्वपीडितसहितको रकम लिँदै आएका थिए ।

नेपालीमाथि गाउँका महिलालाई बोक्सीको आरोप लगाएको तथा स्थानीयलाई टुनामुना गरी तर्साएक आरोप तत्कालीन माओवादी जाजरकोटले लगाएको थियो ।

गाउँ फर्केपछि उनलार्इ स्वागत गरिएको नायकवाडाका प्रेम शाहीले जानकारी दिए । नेपालीले घरबाट निकालिएपछि लामो समय भारतमा गएर बसेको बताए ।

उनले देशमा शान्ति भयो भन्ने सुनेपछि घर फर्किएको टेलिफोनमार्फत जानकारी दिए। काजकिरिया गरेका पति टुप्लुक्क घरमा पुग्दा पत्याउनै मुस्किल भएको उनकी पत्नी राधिकाले बताइन् । रासस 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z