एमाओवादी नेतृत्वमा मुलुकभर लाठीजुलुस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल तस्बिर
काठमाडौं: एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आइतवार अपरान्ह मुलुकभरका सदरमुकामा लाठी जुलुस प्रदर्शन गर्दैछ।राजधानीमा भृकुटीमण्डपबाट लाठी जुलुस निकाल्ने तयारी गठबन्धनले गरेको छ।
आन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने गरी सहमतिका आधारमा संविधान निर्माण गर्न सत्ता पक्षलाई दबाब दिन एमाओवादी नेतृत्वको गठबन्धनले दोस्रो चरणको आन्दोलन गर्ने क्रममा आइतबार अपरान्ह लाठी जुलुस प्रदर्शन गर्न लागेको हो। अपरान्हको लाठी जुलुसमा सहभागी हुन गठबन्धन समर्थित कार्यकर्तालाई सम्बद्व पार्टीले सर्कुलर जारी गरेका छन्।
परिवर्तन,शान्ति,समानुपातिक समावेशीकरण,अधिकार र पहिचानसहितको संघीयता,संघीयतासहितको संविधानका पक्षधर सबै उत्पीडित वर्ग,महिला,आदिवासी जनजाति,मधेशी,दलित,पिछडा वर्ग,मुस्लिम,पिछडिएको क्षेत्र र सम्पूर्ण उत्पीडित जनसमुदायलाई आन्दोलनलाई निर्णायक ढंगले सफल पार्न गठबन्धले अपिल गरेको छ।
गठबन्धनले सोमबारदेखि चैत १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय लगथायत सरकारी कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी चैत २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने,नाकावन्दी गर्ने,राजस्व कर असुली रोक्का लगायतका कार्यक्रम पनि गठबन्धनले घोषणा गरेको छ। गठबन्धनले घोषणा गरेका संघर्षलाई असफल पार्न सरकारले पनि सुरक्षा तयारीका लागि आवश्यक निर्देशन दिएको छ।

###
0 comments
Write Down Your Responses