घुस लिँदालिँदै विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
रौतहट, चैत्र १७ । रौतहटमा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका सुपरभाइजर उमेशकुमार यादव हुन् । उनलाई होटल अल्पाइनबाट एक लाख ५० हजार रकमसहित अख्तियारको टोलीले मंगलबार रंगेहात पक्रेको हो ।
यादवले रंगपुर गाउँ विकास समिति वडा नम्बर–२ मा रहेको राउल राइस मिललाई ७० केभीएको त्रिफेज मिटर जडान गरिदिने भन्दै मुकेश गुप्ताबाट उक्त रकम लिएका थिए ।
मुकेश गुप्ताले नै प्रहरीलाई खबर गरेपछि यादवलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

###
0 comments
Write Down Your Responses