आमहड्ताल फिर्तासँगै ३० दलीय मोर्चाको भविष्य संकटमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत २६ आम हड्ताल फिर्ता लिएसँगै ३० दलीय मोर्चाको निरन्तरतामाथि नै प्रश्न चिन्ह लागेको छ । मोर्चाका केही घटकको कडा असहमतिका बाबजुद मंगलबार राति आन्दोलन फिर्ता भएपछि मोर्चाभित्र तीव्र मतभेद सुरु भएको हो ।
एकीकृत माओवादी र मधेसी जनअधिकार फोरम लाकतान्त्रिकको जोड बलमा आन्दोलन फिर्ता भएसँगै अन्य केही दल रुष्ट बनेका छन् । मोर्चाका माओवादी र फोरम लोकतान्त्रिकले सत्ता पक्ष सहमतिका लागि सकारात्मक भएको अवस्थामा आमहड्ताल लम्ब्याउनु आवश्यक नरहेको निष्कर्षसहित आन्दोलन फिर्ता लिएका थिए ।
बन्दको विरुद्ध चौतर्फी आलोचना भएपछि मोर्चाको संयोजकसहित रहेका एकीकृत माओवादी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलन फिर्ता गराउनुभएको थियो । उहाँले आन्दोलनप्रति सोचअनुसार कार्यकर्ता तथा आम नागरिक नआएकाले फिर्ता लिनु नै एक मात्र विकल्प रहेको मोर्चाको बैठकमा प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले उज्यालो अनलाइनललाई जानकारी दिए ।
तर, मोर्चाभित्रका मधेसी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीले त्यसको कडा प्रतिवाद गरेका छन् । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको निरन्तरताका लागि आफूले संयोजक दाहाललाई पटक–पटक आग्रह गरे पनि नसुनेको जानकारी दिनुभयो । बुधबार केही पत्रकार माझ उहाँले भन्नुभयो, ‘मैंले अन्तिम समयसम्म पनि आन्दोलनको निरन्तरताका लागि आग्रह गरेँ तर सुनुवाई भएन ।’ आन्दोलनको बलमा मात्र कांग्रेस एमाले सहमतिका लागि तयार हुने उहाँको भनाई थियो ।
बैठकमा सहभागी नभएका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार राति नै निर्णयप्रति असहमति जनाउँदै विज्ञप्त नै जारी गर्नुभएको थियो । उहाँले आन्दोलन फिर्ता लिनुलाई जनताप्रति भएको ‘धोका’ को संज्ञा दिनुभएको छ । दुवै दल सुरुदेखि नै कडा खालको आन्दोलनको पक्षमा रहँदै आएका छन् ।
आन्दोलन फिर्ता लिएसँगै मोर्चाभित्र रहने कि नरहने भन्नेबारे दुवै दलभित्र छलफलसमेत सुरु भइसकेको छ । महतोले समग्र मोर्चाको कामको समिक्षा गर्दै नयाँ निर्णयमा पुग्न सकिने संकेत गर्नुभयो । उहाँले छिट्टै मधेसी मोर्चाको बैठक बसेर यसबारे निर्णय गर्ने जानकारी दिनुभयो ।
एकीकृत माओवादीले भने निर्णय फिर्ताप्रति देखिएको असन्तुष्टिलाई सामान्य भएको जनाएको छ । एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले निर्णयप्रति केही दल असहमति हुनुलाई स
हज रुपमा लिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निणर्यकै कारण मोर्चाबाट केही दल बाहिरिए पनि त्यसले खासै असर गर्दैन । मोर्चा सधैं भरिका लागि नभई खास उद्देश्यका लागि बनाइएको हो ।’
२३ गते बोलाइएको बैठकमा सत्ता पक्ष बहुमतीय प्रक्रियामा नगएकाले आमहड्तालको औचित्य नभएको फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवको भनाई छ । ‘अपेक्षाकृत रुपमा सत्ता पक्ष बहुमतीय प्रक्रियामा नगएको अवस्थामा आन्दोलन गरिरहनुको अर्थ देखेनौं ।’ उहाँले भन्नुभयो ‘३० गतेको बैठकमा पनि प्रक्रियामा जाने टुंगो नभएकाले अझै सहमति साथ अघि बढ्न सकिन्छ ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z