राजमार्गका एक्काइस होटललाई सातदिने चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
धादिङ :  संयुक्त अनुगमन समितिले राजमार्गका होटलमा गरेको अनुगमनपछि २१ वटा होटललाई सरसफाइ गुणस्तर सुधार गर्न सातदिने चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे नेतृत्वको टोलीले राजमार्गमा सञ्चालनमा ल्याइएका होटलको अनुगमन गरी उनीहरुलाई तत्काल गुणस्तर सुधार गर्न चेतावनीसहितको सातदिने पत्र थमाइएको छ ।

सरसफाइ, मूल्यसूची, व्यवस्थापन, तथा गुणस्तरमा सुधार गर्नका लागि युनिक त्रिशूली रिभर भ्यू होटल गजुरी चाम्वास, होटल छहरा एन्ड रेस्टुराँ, गजुरी हछरा, मेरागाउँ रिर्सोट पीडा घाटबेंसी र फूलबारी होटल एन्ड लज गल्छी, गल्छी बगर रिर्सोट, लक्ष्मी होटल एन्ड लज, होटल राजधानी, होटल कान्तिपुर खयरघारी, होटल नमस्ते नेपाल ढाँडे, हिराचन होटल र शुभकामना होटल, धार्केस्थित रिया होटल, पाथीभरा, चालिसे होटल, केवि होटल र होटल आँधीखोला धार्केलाई पत्र थमाइएको प्रजिअ घिमिरेले बताए  ।

भान्छा कोठा सरसफाइ गरी यात्रुमैत्री घरायसी वातावरण दिन सात दिनभित्र प्रतिवेदनसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन सबै होटललाई पत्र बुझाइएको छ ।
धादिङभित्र पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथका यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका होटलहरुको अनुगमन गरिएको हो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z