शक्तिशाली पासपोर्टको सूचीमा नेपाल पुछारबाट चौथो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
शक्तिशाली पासपोर्टको सूचीमा नेपाल पुछारबाट चौथो
पासपोर्टको शक्ति : नेपाल ९० औं, फिनल्याण्ड पहिलो

२० चैत, काठमाडौं । कुनै पनि देशको पासपोर्ट प्राप्त गर्नु भनेको त्यो देशका नागरिकले अन्य मुलुकमा स्वतन्त्रतापूर्वक घुम्न पाउनु हो । तर, नेपाली पासपोर्टको इज्जत विश्वमा यति खराब देखिएको छ कि नेपालको स्थान द्वन्द्वग्रस्त प्यालेष्टाइन र अफगानिस्तानकै हाराहारीमा छ ।
विकशित देशका नागरिकको हैसियत यस्तो छ कि उनीहरु बिना भिसा टिकट मात्रै लिएर त्यो मुलुकसम्म पुग्न सक्छन् र एयरपोर्टमै (अन अनराइभल) भिसा लिएर निस्फिक्री घुम्न सक्छन् ।
तर, हाम्रो जस्तो गरिब मुलुकमा पासपोर्ट पाउनु आफैमा ठूलो युद्ध जितेसरह त छँदैछ, त्यसमाथि थुप्रै देशहरुले त्यही पासपोर्टकै कारण भिसा दिन आनाकानी गर्छन् ।
थुप्रै मुलुकका इमिग्रेसनमा हरियो रंगको नेपाली पासपोर्ट देख्नासाथ शंकाको दृष्टिले हेरिन्छ । कतिपयले त अपमान पनि भोग्नुपर्छ । यो सबै हुनुको कारण हो- हाम्रो देशको पासपोर्टको शक्ति ।
नेपालको स्तर दयनीय
पछिल्लो एक अध्ययनले पासपोर्टको शक्तिका आधारमा नेपालको स्थानमा पुछारबाट पाँचाैं नम्बरमा भएको देखाएको छ । अर्थात् अध्ययनमा समावेश गरिएका ९४ देशमध्ये नेपाल ९० औं स्थानमा परेको छ ।
Passportनेपालभन्दा कम शक्तिशाली पासपोर्ट हुनेमा प्यालेस्टान, पाकिस्तान, इराक र अफगानिस्तान जस्ता द्वन्द्वग्रस्त मुलुक मात्र छन् ।
सम्बन्धित देशका नागरिकले पासपोर्ट होल्डरले पाउने यात्रा स्वतन्त्रताका आधारमा हेन्ली एण्ड पार्टनर्सले तयार पारेको ‘भिषा प्रतिबन्ध सूची’ हालै सार्वजनिक भएको छ । सूचीअनुसार नेपाली नागरिकलाई निकै कम मुलुकमा मात्र अनअराइभल भिषा दिने गरिएको छ ।
अध्ययनमा सबै मुलुकका पासपोर्टलाई उनीहरुको शक्तिअनुसार नम्बर दिइएको थियो । जसअनुसार सबैभन्दा कम नम्बर ल्याएर ९४ औं स्थानमा अफगानिस्तान परेको छ । यस्तै ९३ औं स्थानमा इराक, ९२ औं स्थानमा पाकिस्तान र ९१ औं प्यालेस्टाइन परेको छ ।
३७ अंकसहित नेपाल ९० औं स्थानमा परेको छ । नेपाली नागरिकले ३७ वटा मुलुकमा बिना भिषा वा भिसा अन अराइभल यात्रा गर्न पाउँछन् ।
पासपोर्टमा टप टेन मुलुक
शक्तिशाली पासपोर्ट सूचीको पहिलो नम्बरमा फिनल्याण्ड, दोस्रोमा जर्मनी, तेस्रोमा स्वीडेन, चौथोमा अमेरिका, पाँचौमा बेलायत, छैटौंमा क्यानडा, सातौंमा डेनमार्क, आठौंमा बेल्जियम, नबौंमा फ्रान्स र दशौंमा इटली छन् ।
संयुक्त राष्ट्रसंघीय बिश्व पर्यटन संगठनका अनुसार सन् २०१४ मा बिश्वभरका ६२ प्रतिशत यात्रुले सम्बन्धित मुलुकमा जानु पहिले नै परम्परागत प्रकृतिको भिसा लिनुपरेको थियो । १९ प्रतिशत यात्रु बिना भिषा सम्बन्धित मुलुकमा प्रवेश पाएका थिए भने १६ प्रतिशत यात्रुले अनअराइभल भिसा पाएका थिए ।
पछिल्ला बर्षहरुमा पर्यटन प्रर्बद्धनका लागि अनअराइभल भिषा दिने प्रबृत्ति बढिरहेको छ । सन् २००८ मा जम्मा ६ प्रतिशत यात्रुले मात्र अनअराइभल भिषा पाउने गरेकोमा २०१४ मा आएर १६ प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z