नेपाल टेलिकमको सिमकार्ड नि:शुल्क
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नेपाल टेलिकमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशभरका करिव ५२ हजार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई नि:शुल्क सिमकार्ड र रिमकार्ड वितरण गर्ने भएको छ।

यस सम्बन्धमा नेपाल टेलिकम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवीच मंगलबार सम्झौता भएको छ। हिमाली तथा पहाडी क्षेत्रका ३७ जिल्लामा कार्यरत २० हजार सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सय रुपैयाँको टक भ्यालु भएको २० हजार थान सिम
कार्ड वा रिमकार्ड वितरण गर्ने भएको हो।


यस सम्बन्धमा नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालयबीच गतवर्ष सम्झौता भई सिम तथा रिम वितरण गर्ने कार्य भइरहेको जनाएको छ।

यस कार्यलाई ७५ वटै जिल्लामा विस्तार गरी बाँकी ३८ जिल्लाका करिव ३२ हजार स्वयं सेविकालाईसमेत सिम वा रिमकार्ड वितरण गर्ने गरी यो नवीकरण सम्बन्धी सम्झौता भएको हो।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक आचार्यले कम्पनीको सानो सहयोगले विशेष गरी ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा ठूलो योगदान पुग्ने आशा व्यक्त गरे।

भविष्यमा अन्य क्षेत्र समेत पहिचान गरी मन्त्रालय र टेलिकमकाबीचमा समन्वय गरी थप कार्य गर्न इच्छुक रहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयका सचिव श्रेष्ठले स्वास्थ्य विकासको एउटा पक्ष भएको र यसमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका भएको सन्दर्भमा नेपाल टेलिकमको सहयोगले उनीहरुमा थप स्वयंसेवी भावना जागृत गराउने विश्वास व्यक्त गरे।

उक्त अवसरमा कम्पनीका नायब प्रबन्ध निर्देशक तथा वरिष्ठ अधिकृत र मन्त्रालयका विभिन्न पदाधिकारीको उपस्थिति थियो। यस अनुसार अव देशभरका सम्पुर्ण ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई नि:शुल्क रुपमा नेपाल टेलिकमको सिम वा रिमकार्ड वितरण गरिने छ।

सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी विभिन्न सेवा प्रदान गर्नका लागि यी सिम वा रिमकार्डको प्रयोग गरिनेछ।

नेपाललाई स्वास्थ्य क्षेत्रमा सहश्राब्दी विकास लक्ष्य हासिल गर्न महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको तथ्यलाई स्मरण गर्दै नेपाल टेलिकमले यस किसिमको सहयोगलाई थप विस्तार गरेको जनाएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z