नेपालबाट शरणार्थी गए, विकास पनि गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो : फाइल फोटो
झापाः झापाको खुदुनावारीमा भुटानी शरणार्थी शिविर रहँदा विर्तामोडबाट खुदुनाबारीसम्म जाने सडक चिल्लो थियो । खोलाका भाग बाहेक अन्य ठाउँमा सडकको अवस्था निकै राम्रो थियो ।
अलि अलि खाल्डा खुल्डी हुँदा समेत शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्चायोगको सहयोगमा सडकको अवस्था सुधारिन्थ्यो । जसको फाइदा शरणार्थीले मात्र होइन खुदुनाबारी तथा दक्षिण इलामका स्थानीयबासीले समेतले लिएका थिए ।
तर अहिले उक्त सडकको हालत निकै खराब छ । सवारी साधन हिँडिसक्नु छैन, कालोपत्रे उप्केका कारण धुलाम्मे छ । बर्षायाममा खाल्डाहरुमा पानी जमेका कारण सडक हो कि पोखरी हो छुट्याउनै गाह्रो हुन्छ ।
त्यस्तै अवस्था छ झापाको बर्ने चिया कमान हुँदै मंगलबारे जाने बाटो । टिमाई खोला किनारमा शिविर हुँदा त्यहाँको सडकलाई निरन्तर मर्मत गरिन्थ्यो ।
तर अहिले उक्त सडकलाई हेर्न र मर्मत गर्न त्यहाँ कोही पनि पुग्दैन । कारण टिमाई शिविर पनि स्थानान्तरण गरेर बेल्डाँगी पुर्याइएको छ ।
झापाको गरामनी हुँदै गोल्धाप शिविर जाने बाटो पनि लामो समयदेखि मर्मत हुन सकेको छैन । गोल्धापमा शिविर हुँदा युएनएचसीआरले उक्त बाटो मर्मत गरिदिन्थ्यो भने अहिले त्यो बाटो ओझेलमा परेको छ ।
बाटोको दुर्दशाका कारण पाहुना समेत आउन गाह्रो मान्न थालेको स्थानीयबासीको भनाई छ । एकजना स्थानीयबासी खगेन्द्र लिंगदेनका अनुसार बाटो खराब भएकै कारण एकजना सुत्केरी महिलाले हल्लिएर गाडीमै बच्चा जन्माएकी थिन् ।
उनले भने, ‘बाटोको दुर्दशा देख्दा रुन मात्र मन लाग्छ । पहिला त युएनएचसीआरले मर्मत गथ्र्याे तर अहिले कसैको पनि ध्यान गएको छैन ।’
पूर्वी नेपालका विभिन्न शिविरका भुटानी शरणार्थीलाई तेस्रो देश पुनः स्थापनामा लगेपछि विकासका कामबाट शिविर आसपासका बासिन्दा विमुख हुनुपरेको हो । खुदुनाबारी, टिमाई तथा गोल्धाप शिविरमा बाँकी रहेका शरणार्थीलाई पनि बेल्डाँगी शिविरमा स्थानान्तरण गरिएको छ ।
पूर्वी नेपालका विभिन्न शिविरहरुका भुटानी शरणार्थीहरुको ठूलो संख्या अमेरिका लगायत तेस्रा देशहरुमा पुनस्र्थापित भएपछि स्थानीय आर्थिक क्षेत्रमा समेत नकारात्मक असरहरु देखिन थालेको व्यवसायीहरुको भनाई छ । शरणार्थीहरुको वहिर्गनपछि स्थानीय बजारहरुमा भीड भाड घटेको अर्थविदहरु बताउँछन् ।
अमेरिका लगायत तेस्रा देशहरुमा अहिलेसम्म करीब ९५ हजार भन्दा बढी भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् । झापाका टिमाई, खुदुनाबारी, गोल्धाप, बेल्डाँगी तथा मोरङको शनिश्चरे शिविरहरुमा भुटानी शरणार्थीको बसोबास थियो ।
९५ हजार भन्दा बढी भुटानी शरणार्थीलाई अमेरिका लगायत विभिन्न तेस्रा देशहरुमा पुनस्र्थापित गरिएपछि स्थानीय क्षेत्रमा काम गर्नका लागि कामदारहरुको अभाव हुन थालेको उद्योगी व्यवसायीहरु बताउँछन् ।
झापाका एकजना पुराना व्यवसायी रमेश सरिया भन्छन्, ‘शरणार्थी हुँदा कामदार मनग्गे पाइन्थ्यो । उनीहरुले काम इमान्दारीका साथ गर्थे । नेपाली युवा विदेशमा छन् । भारतबाट महंगोमा कामदार ल्याउनुपर्ने बाध्यता छ ।’
शिविरहरु वरपर रहेका बजारहरु झापाका बुधबारे, खुदुनाबारी, वर्तामोड लगायतका बजारहरुमा भीड भाड घटेको झापा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश डालमिया बताउँछन् ।
शरणार्थीहरुको वहिर्गमनले विभिन्न दातृ संस्थाहरुले गरिदिने विकासका निर्माणका काममा नकारात्मक असर परेको गोल्धाप शिविर नजिक घर भएका एकजना अर्थशास्त्री राजेन्द्र अधिकारीको तर्क छ ।
तर उनीहरुको वहिर्गमनले स्थानीय क्षेत्रका कामदारहरुलाई भने राहत मिलेको तर्क गर्छन् अर्थशास्त्री अधिकारी ।

###
0 comments
Write Down Your Responses