चोरको समूहले पुलिसको जिप उठाएपछि.....
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : कार, मोटरसाइकल चोरीको घटना सुन्दा तपार्इं हामीलार्इ अनौठो नलाग्न सक्छ । तर, तपार्इंले यो घटना थाहा पाउनुभयो भने आश्चर्यमा पर्नुहुनेछ ।
चोरको समूहले सुरक्षा गस्तीमा रहेको प्रहरीको जीप नै उडाएपछि पुलिसले रातभर सडकमा भौतारिनुपरेको छ । गस्तीमै रहेको पुलिसको जिप चोरको समूहले लगेपछि प्रहरी हैरान भएको हो ।
यो घटना भारतको बिहार राज्यमा भएको हो । सोमबार राती पुलिसको समूह जिपमा चढेर गस्तीमा निस्केका थिए । गस्तीमा रहेका पुलिस जिपबाट निस्केको मौका पारेर चोरको समूहले जिप उडाएको थियो ।
त्यही मौकामा चोरको समूहले पुलिसले गस्तीका लागि निकालेको जिप नै उडाएका हुन् । मदिराले मस्त रहेका चोरको समूहले लिएर गएको जिप उनीहरु दुर्घटनामा परेपछि मात्रै छाडे ।
जिप चोरी भएपछि यता प्रहरी कार्यालयमा भुइँचालो गयो । चोरिएको जिप खोजीमा लागेको प्रहरीले मंगलबार दिउँसोमात्र क्षतिग्रस्त अवस्थामा भेट्टाए ।
क्षतिग्रस्त जिप प्रहरी कार्यालयमा ल्याएर घटना दबाउन खोजेपनि भारतीय मिडियाले यो घटना बाहिर ल्याएका छन् । ट्राफिक पुलिसका जवानहरु सडकमा गस्ती गरेपछि सोमवार राती करिब नौ बजे ट्राफिक कार्यालयमा जिप राखेर सुत्न गएका थिए ।
जिप चोरिएपछि घटनास्थल आसपासका सबै प्रहरी कार्यालयमा खबर गरिएको थियो । जिप हराएपछि पूरै रातभर जिपको खोजी गरिएको थियो ।
तर मंगलबार दिउँसो चोरिएको जिप खाल्डोमा खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको थियो । प्रत्यक्षदर्शीका अनुसार जिपमा रक्सीका खाली बोत्तल र अन्य सामान भेटिएका थिए ।
जिप भेटिएको स्थानका बासिन्दा मंगलबार बिहान करिब ५ बजेको समयमा दुर्घटनास्थलमै जिप छोडेर चोरको समूह पैदलै भागेको थियो ।
स्थानीयले शुरुमा पुलिसको गाडी देख्दा पुलिस नै सवार भएको ठानेका थिए । त्यही कारण उनीहरुले चोरहरुसँग कुनै सोधपुछ गरेनन् ।
दिउँसोसम्म जिप लिन कोही नआएपछि उनीहरुले प्रहरीलार्इ खबर गरेका थिए । स्थानीयको खबरपछि पिरबहोर थानाका प्रमुख निसार अहमद जिपलार्इ थानामा ल्याएका थिए ।
पिरबहोर थानाका प्रमुख निसार अहमतले क्षतिग्रस्त अवस्थामा भेटिएको जिप कार्यालयमा ल्याएर केन्द्रमा खबर गरिसकिएको छ । प्रहरीले जिप चोर्ने चोरको समूहलार्इ पक्रन सकेको छैन ।

###
0 comments
Write Down Your Responses