लाखौ ठग्ने अनमी मोटो रकम तिरेर छुटिन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज: विदेश भ्रमणमा पठाउने भन्दै ठगी गर्ने एक अनमी मोटो रकम धरौटी तिरेर प्रहरी हिरासतबाट छुटेकी छन्। धनुषाको बनैनियाँ गोपालपुर उपस्वास्थ्य चौकीमा कार्यरत ३२ वर्षीया अनमी निशाकुमारी झा ३ लाख ३५ हजार रुपैयाँ धरौटी बुझाएर बुधबार तारेखमा छुटेकी हुन्।
उपस्वास्थ्य चौकीमा कार्यरत सप्तरीका आफ्नै सहकर्मी अनमीहरुलाई ठगी गरेको आरोपमा झालाई गत फागुन २८ गतेदेखि प्रहरीले हिरासत लिएको थियो।
सप्तरी बेल्ही-३ माइत भई जनकपुर बस्दै आएकी अनमी झाले सप्तरीका अनमीहरु बोरिया उपस्वास्थ्य चौकीकी चन्द्रिकाकुमारी यादव, मलेठ उपस्वास्थ्य चौकीकी रीमा यादव, महदेवा उपस्वास्थ्य चौकीकी पंची यादव, उनका श्रीमान रामअधिन यादव, बसबिट्टी उपस्वास्थ्य चौकीकी फुलकुमारी माझी, उनका छोरा रुपेशराज, रामपुर जमुवा उपस्वास्थ्य चौकीकी पार्वती मण्डल, उनका श्रीमान् रामकुमार मण्डल तथा बहिनी भारदह अस्पतालमा कार्यरत स्टाफ नर्स मन्जु मण्डललाई ठगी गरेकी थिइन। उनले सबैजनासँग जनही दुई/दुई लाखभन्दा बढी रकम ठगी गरेकी थिइन्।
अनमी झाले सप्तरीबाट पाँचजना अनमी र उनका परिवारका सदस्यलाई चीन, मलेसिया, हङकङ भ्रमण गराउन बाल स्वास्थ्य महाशाखाबाट आफू खटिएर आएको र प्रकृया खर्चबापत भन्दै रकम उठाएकी थिइन्।
त्यसअघि असोज २४ गते निश्रु थापा नाम बताउने झाकी साथीले पीडितहरुलाई ९८०३३४०३८३ नं.को मोबाइलबाट फोन गरी बाल स्वास्थ्य महाशाखाबाट विदेश भ्रमणका लागि अनमी झालाई सप्तरी पठाएको भनेर खबर गरेकी थिइन्।
ठगीको योजनामुताबिक सप्तरी आएकी झाले अनमीहरु फुलकुमारी र चन्द्रिकाको विश्वास जितेपछि उनीहरुकै सिटरोल कागज र फोटो देखाउँदै अन्य अनमीहरुसँग पैसा ठगेकी थिइन्। झाले विदेश भ्रमण प्रकृया खर्चबापत जनही रु. २० हजार सात सयका दरले बुझिलिएको र ०७१ मंसिर १५ गतेभित्र विदेश भ्रमण गराउनेछु भनी कागज समेत गरिदिएकी थिइन्।
विदेश भ्रमण जाने समय नजिकिए पछि झाको फोन नउठेको र बाल स्वास्थ्य महाशाखामा निश्रु थापा नामकी कुनै कर्मचारी नरहेको जानकारी पाएपछि पीडितहरुले ठगीमा परेको थाहा पाएका थिए।
उनीहरुले अनमी झाविरुद्ध ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि खोजतलाशका क्रममा जनकपुरबाट गत फागुन २८ गते पक्राउ परेकी थिइन। उनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको थियो।

###
0 comments
Write Down Your Responses