जाजरकोटमा अज्ञात रोगले १० को मृत्यु, सयौँ बिरामी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जाजरकोट: अज्ञात रोगका कारण जाजरकोटमा  १० जनाको मृत्यु भएको छ भने सयौँ बिरामी परेका छन् ।

एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या १० पुगेको हो । प्रकोपले एकै गाविसमा पर्नेको सङ्ख्या ८ पुगेको छ ।


मृत्यु हुनेमा पैक गाविस वडा नं ६ का खम्बबहादुर नेपाली, वीरबहादुर रोकाय, वडा नं ३ का जैरुपा उपाध्याय, वडा नं ६ की लक्ष्मी रोकाय र धनबहादुर रोकाय, वडा नं ४ की कल्धरी रोकाय र वडा नं २ का तिलक गिरी रहेको जनता उच्च माविका शिक्षक मोहन शाहीले जानकारी दिए ।

बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट नायकवाडा सक्ला, पैक, अछार्नी, पजारु, टालेगाउँ, गाविसमा सयौँ बिरामी परेको स्थानीयले बताएका छन् । सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै औषधि पनि नभएका कारण उपचारमा समस्या हुँदै आएको स्थानीयले वताएका छन् ।

रोग फैलिएको क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले बिहीबार मात्र स्वास्थ्यकर्मी पठाएको कार्यालय प्रमुख धीरजङ्ग शाहले बताए ।
अहिले कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछोड्न निर्देशन दिएको शाहको भनाइ रहेको छ ।

प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले स्वास्थ्य कार्यालयलाई औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न निर्देशन दिएको बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z