बन्दले हरेक घन्टा १७ करोड नोक्शानी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : एनेकपा माओवादीको नेतृत्वमा ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिनको बन्दले अर्थतन्त्रमा पाँच अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष घाटा हुने छ। नेपाल राष्ट्र बैंकले २०६५ देखि २०६८ सम्म गरेको 'अर्थतन्त्रमा बन्दको आर्थिक असर' विषयक अनुसन्धानअनुसार एक दिनको बन्दले देशलाई एक अर्ब ८० करोड प्रत्यक्ष घाटा हुन्छ।
तर, हालका वर्षमा लगानीको विस्तार तथा आर्थिक गतिविधिमा आएको बढोत्तरीले प्रतिदिन दुई अर्बको हाराहारीमा प्रत्यक्ष घाटा हुने अनुमान गरिएको छ। ३० दलले मंगलबार, बुधबार र बिहीबार बन्द आह्वान गरेको छ।
तीन दिनको बन्दमा देशले प्रतिघन्टा १७ करोडको घाटा व्यहोर्नुपर्ने देखिन्छ। अर्थतन्त्रमा प्रत्यक्षरूपमा अर्बौ घाटापर्ने हुनाले निजी क्षेत्रले विरोधका वैकल्पिक उपाय अवलम्वन गरी नागरिकले बिना अवरोध पेसाव्यवसाय गर्ने वातावरण बनाइदिन सरकार समक्ष माग गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बन्द हडतालको विक ल्प खोज्न आग्रह गर्दै बन्द, हड्तालका कारण मुलुकको अर्थतन्त्र धारासायी हुने बताएका छन्। निजीक्षेत्रले राजनीतिक दललाई बन्द नगर्न र जनताको काम गरेर खान पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न पनि आग्रह गरेको छ।
राष्ट्र बैंकको अध्ययन अनुसार २०६५ देखि २०६९ सम्मका पाँच वर्षमा बन्दले प्रति वर्ष १.४ प्रतिशत अर्थतन्त्रमा घाटा भएको छ।
निजी क्षेत्रको आग्रहलाई अस्वीकार गर्दै ३० दलले आह्वान गरेको बन्दले एकपटक फेरि अर्थतन्त्रमाथि राजनीति हावी हुँदैजाने खतरा बढेको छ। जब राजनीतिक दल आफ्ना जायज नाजायज माग वार्ताको माध्यमबाट समाधान गर्न विफल हुन्छन र अर्थतन्त्रलाई बन्धक बनाउँछन्, जनताको संविधान प्रदत्त पेसा र काम गरेर खान पाउने अधिकार पनि मर्दछ।
संविधानले हरेक नेपालीलाई पेसा व्यवसाय गरेर खान पाउने अधिकार दिएको छ। तर, निजी क्षेत्रको बुझाइमा संविधान प्रदत्त हकमाथि कुनै राजनीतिक दलले धावा बोल्दा पनि सरकार मूकदर्शक बन्नेस्थिति हुनु देशलाई चरम गरिबीको खाडलमा धकेल्ने योजनाबद्ध प्रयास हो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार पछिल्ला वर्षमा देशमा लगानीको वातावरण बनिरहेको र स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षित भइरहेको अवस्थामा फेरि बन्द हडताल आह्वान गर्नु लगानीको वातावरण बिगार्नु हो।
लगानीको वातावरण खल्बलिँदा अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने पनि राष्ट्र बैंक को अध्यायनले देखाएको छ। राष्ट्र बैंकको अध्ययन अनुसार २०६५ देखि २०६९ सम्मका पाँच वर्षमा बन्दले प्रतिवर्ष १.४ प्रतिशतको घाटा अर्थतन्त्रमा भएको छ।
३० दलीय मोर्चाले बन्द फिर्ता नलिँदा फेरि एकपल्ट मुलुकको अर्थतन्त्रलाई जर्जर बनाई लगानीको वातावरण बिगार्ने श्रेष्ठले बताए। चेम्बरले बन्द सदाको लागि बन्द हुनुपर्ने माग राख्दै आएको छ।
बन्दले लगानीको वातावरणमा प्रतिकूल असर पर्न गई रोजगारीका अवसर सृजना हुन नसक्ने, व्यापार घाटामा वृद्धि हुन गई शोधनान्तर स्थितिमा प्रतिकूल असर पर्ने, आर्थिक वृद्धि दरमा कमीआउने र मूल्य वृद्धि हुने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अनुसार रोजगारीका अवसरको अभावमा दैनिक हजारौं नेपाली विदेश जान बाध्य भएको अवस्थामा झन् बन्द आह्वान गरेर अर्थतन्त्रलाई धरासयी बनाउनु कुनै जिम्मेवार राजनीतिक दललाई सुहाउने कुरा होइन।
मुलुकलाई राजनीतिक संक्रमणबाट सीघ्र निकासदिँदै आर्थिक एजेन्डा तर्फ अग्रसर गर्नुपर्ने विद्यमान परिस्थितिमा बन्द, हडतालबाट देशका उद्योग व्यवसाय एवं आम नागरिकमा पर्ने नकारात्मक असरलाई समेत दृष्टिगत गरी राजनीतिक दल जिम्मेवार भएमात्र जनताको समृद्धिको सपना पूराहुने निजी क्षेत्रको भनाइ छ।

###
0 comments
Write Down Your Responses