रक्तचन्दन तस्कर र सुरक्षाकर्मीबीच झडप, २० जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारतको आन्ध्रप्रदेश तिरुपतिनजिक शेषाचलम वन क्षेत्रमा सुरक्षाकर्मी र रक्तचन्दन तस्करसमूहबीच झडप हुँदा २० जनाको मृत्यु भएको छ। मारिनेहरू सबै रक्तचन्दन तस्कर भएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार सो वन क्षेत्रमा रहेका करिब सय जनाले प्रहरी र वन विभागको रक्षक टोलीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो।
‘सामान्यत: उनीहरू सय देखि तीन सयको संख्यामा हुन्छन्। यसपटक वन रक्षकहरूसँग प्रहरीको टोली पनि थियो भन्ने उनीहरूले थाहा पाएनन्,’ आन्ध्र प्रदेशका डिआइजी कान्ता रावले भने, ‘उनीहरूले ढुंगामुडा गरेपछि हाम्रो समूहले आत्मरक्षाका लागि गोली चलाएको हो ।’
रक्तचन्दनको रुख काट्ने र तस्करी गर्नेहरूमा धेरैजसो छिमेकी राज्यका भएको उनले बताएका छन्। यो क्षेत्रको सीमा तमिलनाडुसँग जोडिन्छ। प्रहरीले मृत्यु हुनेहरूको पहिचान खुलाइनसकेको भए पनि तमिलनाडुका राजनीतिक दलहरूले घटनाको आलोचना गरेका छन्।
एक टन रक्तचन्दन अन्तर्राष्ट्रिय बजारमा ४० लाख रुपैयाँसम्मा बिक्री हुन्छ। तस्करहरूले रक्तचन्दनको रुख काट्न र संकलन गर्न स्थानीयलाई प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z