आमाको अन्तिम संस्कार गर्ने दिदीको भाइले ज्यान लिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :अन्तिम संस्कारका लागि आमाको शव घाटतर्फ लाँदै गीता । तस्बिर : एजेन्सी
 एजेन्सी : भारतको छत्तिसगढमा दिवंगत आमाको अन्तिम संस्कार गर्ने एक युवतीले त्यसको मूल्य आफ्नो ज्यान गुमाएर चुकाउनु परेको छ । दिदीले आमाको दाहसंस्कार गरेपछि रिसले आगो भएका एक भाइले बन्चरोले हानेर आफ्नी उनको ज्यान लिएका हुन् । दिदीको हत्यामा संलग्न युवालार्इ प्रहरीले पक्राउ गरेको छ ।

छत्तिसगढको तिल्दा नेवरामा मंगलबार ८५ वर्षीया सुरज बाईको निधन भएको थियो । सुरज बाई आफ्नी छोरी गीतासँग बस्दै आएकी थिइन् । सामाजिक परम्परालार्इ चुनौती दिँदै गीताले नै आफ्नी आमाको अन्तिम संस्का गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्न गीताले सो कार्य गरेकी थिइन् ।



गीताका तेजराम नाम गरेका एक भाइ रहेका छन् । तेजरामले आमा सुरज बाईलार्इ आफ्नो घरबाट निकालिदिएपछि उनको लालनपालनको जिम्मा गीताले गर्दै आएकी थिइन् । गीताले आमाको अन्तिम संस्का गरेको खबर छत्तिसगढका स्थानीय अखबारले बुधबार विषेश प्राथमिकता दिएर छापेका थिए ।

दिदीले आमाको अन्तिम संस्कार गरेको समाचार पत्रपत्रिकामा पढेपछि तेजमा रिसले चुर भएका थिए । बिहीबार बिहान तेजराम दिदी रहेको गाउँ पुगेर उनको बन्चरोले काटेर हत्या गरे । दिदीलार्इ बन्चरोले काटेर हत्या गरेपछि गाउँलेको सूचनाको आधारमा तेजरामलार्इ प्रहरीले बिहीबारै गिरफ्तार गरेको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z