व्यापक विरोध भएपछि एमाओवादी मोर्चाले बन्द फिर्ता लियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आव्हान गरेको तीन दिने आमहडतालअन्तर्गत बुधबार र बिहीबारको बन्द फिर्ता लिएको छ।  जनस्तरबाट व्यापक विरोध भएपछि बन्द फिर्ता लिएको हो।


तीस दलीय गठबन्धनको मंगलबार साँझ सिंहदरवारमा बसेको बैठकले बाँकी दुई दिने बन्द फिर्ता लिएको हो। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक-समावेशी प्रतिनिधित्व लगायत विगतका आन्दोलनका उपलब्धी संस्थागत हुने गरी सहमतिमा संविधान बनाउन दबाब दिने उद्देश्यले गठबन्धनले तीन दिने आमहडताल आब्हान गरेको थियो।

बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्न बोलाइएको म संविधानसभाको बैठकलाई सत्ता पक्षले ३० गतेसम्म स्थगित गरेको,आन्दोलनमा नदेखिएको जनताको उत्साह र पार्टी भित्रैबाट बन्द रोक्न आएको दबाबलाई ख्याल गर्दै गठबन्धनले बन्द फिर्ता लिएको हो। गठबन्धनले थप संघर्षका कार्यक्रम पनि घोषणा गरेको छैन। नेपा पार्टीका अध्यक्ष डा केशवमान शाक्यका अनुसार सत्ता पक्षले संविधानसभाको बैठक स्थगित गरेको वेला एक पक्षीय रुपमा आन्दोलन अगाडि बढाउन उपयुक्त नहुने ठहर गर्दै बन्दसहितका संघर्षका कार्यक्रम फिर्ता लिइएको हो।


'हाम्रो आन्दोलन चैत ३० गतेपछि सत्ता पक्ष कसरी प्रस्तुत हुन्छन त्यसमा निर्भर हुन्छ'एमाओवादी महासचिव कृष्णबहादुर महराले अन्नपूर्णसँग भने। शाक्यका अनुसार गठबन्धनको आन्दोलन बहुमतीय प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया रोक्न दबाब दिनका लागि थियो। उनले भने'सत्ता पक्षले पछाडि हटेपछि हामी अगाडि जानुको अर्थ नै रहेन।'

शाक्यका अनुसार सत्ता पक्षले सोमबारदेखि नै बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने प्रयास अगाडि बढाएको भए गठबन्धनले आन्दोलनलाई सशक्त बनाउदै लैजानु पर्ने अवस्था आउने थियो। गठबन्धनले मंगलबारको बन्द सफल रहेको निष्कर्ष निकालेको छ। गठबन्धनको बैठकमा नेपाल सदभावना पार्टी र मधेशी जनअधिकार फोरमका नेताहरुले आन्दोलन चर्काएर लैजानु पर्ने तर्क राखेका थिए भने एमाओवादीका नेताहरुले आन्दोलनको स्वरुप बदल्नु पर्ने तर्क गरेका थिए।

गठबन्धनको बैठक बस्नु अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टीका पोलिटव्यूरो भन्दा माथिका नेताहरुसँग सिंहदरवारमै बोलाएर सुझाव लिएका थिए। नेताहरुले बन्द फिर्ता लिएर आन्दोलनको स्वरुप बदल्न सुझाव दिएका थिए। कतिपय नेताहरुले बन्द फिर्ता लिएर सिंहदरवार घेराउ कार्यक्रम राख्न पनि सुझाएका थिए। श्रमिक जनता प्रतिकारमा उत्रिने अवस्था सिर्जना आउन दिन नहुनेमा सचेत रहन नेताहरुले दाहाललाई सल्लाह दिएका थिए।

आफूलाई भेटन पुगेका नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीलाई सहमतिमा संविधान जारी गर्ने प्रतिबद्वता सत्ता पक्षबाट आएमा बन्द फिर्ता लिन सकिने आश्वसन दाहालले दिएका थिए।

यसैवीच बन्दका क्रममा काठमाडौबाट पक्राउ परेका एमाओवादी केन्द्रीय सदस्य हिमाल शर्मा,एमाओवादी अध्यक्ष दाहाल पुत्री रेणु र दाहालका ज्वाइ सागर केसीसहित सात जनालाई प्रहरीले मंगलबार साँझ रिहा गरेको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z