म बन्द/हड्ताल विरोधी हुँ !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आफ्नो शासन आफैं चलाउने भन्दै २०६२/०६३ मा भएकोे आन्दोलन झण्डै दशक पुग्न लाग्यो । यो जनआन्दोलन पछि नीतिगत या भनौं कागजी रुपमा त जनताहरुले धेरै कुरा पाए – संविधानसभाको निर्वाचन, गणतान्त्रिक मुलक, धर्म निरपेक्षता आदि–आदि ।
तर, यी कुनै पनि कुरा जनताहरुले व्यवहारमा अनुभव गर्न पाएका छैनन् । राजनीतिक दलहरुको यस्तै अवस्था रहने हो भने त्यो परिवर्तनको अनुभव गर्न तपाई हामीले त के अझै दुई-चार पुस्ताले पनि पाउने छैनन् ।
जनआन्दोलन पछि भएको संविधानसभाको पहिलो निर्वाचन मार्फत जनताहरुले एनेकपा माओवादीलाई देशको पहिलो शक्तिको रुपमा खडा गरे ।
वषौंदेखि राजनीति गरिरहेका कांग्रेस एमाले लगायतका दल निकै सानो संख्यामा खुम्चिए । कारण थियो जनताले देशमा परिवर्तन, विकास, शान्ति र संविधान चाहेका थिए ।
माओवादीप्रति जनताहरुको ठूलो आड–भरोसा देखियो । संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी माओवादी नेतृत्वलाई सुम्पदै जनलहर पछि लाग्यो ।
प्रचण्ड नेतृत्वमा सरकार बन्यो । तर सरकार ९ महिना पनि टिक्न सकेन, त्यसको पछाडिको कारण जे जस्तै होस् अहिले त्यतातिर नलागौं ।
प्रचण्ड सरकारको ९ महिने अवधि बुझेका जनताहरुमा केही निराश चाँही छायो तर आशै भने मरेन् । केही समयको अन्तरालपछि अर्को नेता डा.बाबुराम भट्टराई देशको बागडोर सम्हाल्न अगाडी बढे । उनीप्रति जनताको झन ठूलो भरोसा थियो । उनले प्रचण्ड नेतृत्वमा अर्थमन्त्री हुँदा राम्रो कामको शुरुवात गरेका पनि थिए ।
तर, बाबुराम सरकारमा जाँदा जनतामा जति आशा थियो त्यो भन्दा बढी निराशा उनी सरकारबाट बाहिरिँदा जनतामा देखियो । बाबुरामको एउटै सम्झन लायक काम छ– काठमाडौंको बाटो बिस्तार । उनको यो कामको सबैले प्रशंसा गरेकै छन् र भविष्यमा पनि गर्नेछन् ।
जनताको आशा र भरोसा अनुसारको काम नगरेकै कारण दोस्रो संविधानसभाको निर्वाचनमा एमाओवादी नराम्रोसँग खुम्चियो । निर्वाचनको परिणाम पुरा नआउँदै धाँधली भएको देखी संविधानसभामा नजाने सम्मको धम्की दियो । यसले स्वयं एमाओवादीकै साख घटायो ।
संविधानसभाको निर्वाचन मार्फत देशको मुल कानुन मान्छु भन्दै शपथ खाएर प्रजातान्त्रिक धारमा आइसकेपछि पनि एमाओवादीले पटक–पटक आफ्नै शपथलाई तोड्दै आएको छ । जसको पछिल्लो उदाहरण हो– यो तीन दिने आम हड्ताल ।
माओवादी नेतृत्वलाई जानकारी नै होला– लोकतान्त्रिक शासन व्यवस्थामा निर्धक्कसँग आफ्नो अधिकारको प्रयोग गर्न पाइन्छ तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन गर्न कदापी पाइदैन् । अर्काको अधिकार हनन गर्नु भनेको गैह्र कानुनी काम हो ।
आफ्नो सीमित राजनीतिक स्वार्थ पुरा गर्नको लागि आह्वान गरेको यो आमहड्तालबाट एमाओवादी लगायतको मोर्चाले तीन करोड नेपालीको स्वतन्त्र रुपमा काम गर्न पाउने, हिड्न डुल्न पाउने अधिकारको हनन् गरेको छ । करिब ७५ लाख बालबालिकालाई पढ्नबाट बञ्चित गराएको छ ।
गरिबको लागि राजनीति गर्छु भन्ने पार्टीले तिनै गरिबलाई दिनभर काम गरेर बिहान–बेलुकाको छाक टार्नबाट बञ्चिन गराएको छ । देशको प्रधानमन्त्री भइसकेका दुई–दुई जना नेता भएको पार्टीले अपनाएको लोकतान्त्रिक प्रक्रिया यही हो ? एमाओवादी नेतृत्वले जनतालाई जवाफ दिनैपर्छ ।
हुनत यो प्रक्रियामा एमाओवादी मात्रै हैन् अन्य २९ दल समेत रहेका छन् । तर, यो मोर्चामा अन्य दलको अस्तित्व नगन्य मात्रामा छ । त्यसैले यसको अपजस सबै एमाओवादीको थाप्लोमा जान्छ ।
देशको राजनीतिक प्रक्रिया भन्दा बाहिर रहेको कुनै संगठन वा पार्टीले गरेको हड्ताललाई सामान्य रुपमा लिन सकिएला तर जनताको आवाज सम्बोधन गर्ने ठाउँमै रहेको पार्टीले गरेको हड्ताल के का लागि र कसका लागि ?
साँच्चै जनताकै लागि राजनीति गर्छौ भने जनताको पिर मर्का बुझ, यदी जनताको पिर मर्का बुझ्न सक्दैनौं भने जनतालाई निर्धक्कसँग गरिखाने वातावरण देऊ । यो वा त्यो वहानामा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नको लागि जनतालाई अप्ठ्यारोमा नपार, जनताको अधिकारको हनन नगर ।
यदि आन्दोलन नै गर्न मन भए– बत्ति चाहियो भनेर आन्दोलन गर । बाटोघाटो विकास निकास चाहियो भनेर आन्दोलन गर । पानी चाहियो भनेर आन्दोलन गर । रोजगारी चाहियो भनेर आन्दोलन गर । भर्खरै देखिएको रौतहटको समस्या समाधान गर्न अगाडी बढ । जनता तिम्रो पछि आफैं लाग्नेछन् ।
हैन् यो वा त्यो बहानामा आफ्नो नीहित राजनीतिक स्वार्थ पुरा गर्न जनतालाई दुःख दिन्छौ भने त्यसको फल तिमी आफैले भोग्नेछौ ।
म कुनै राजनीतिक पार्टी बिरोधी कदापी हैन् । म बन्द/हड्ताल बिरोधी हुँ । कसैले पनि कुनै पनि बहानामा बन्द गर्नु भनेको निन्दनिय छ, गैह्र कानुनी छ । त्यसैले बन्द/हड्ताल जस्ता गैह्र कानुनी काम गर्नु भनेको अपराध गर्नु सरह हो ।
आफ्नो नीहित राजनीतिक स्वार्थ पुरा गर्न यी र यस्ता दलहरुले तपाई हामीलाई त्यतिबेलासम्म प्रयोग गरिरहनेछन् जतिबेलासम्म तपाई हामी चुप लागेर बसिरहनेछौं ।

###
0 comments
Write Down Your Responses