जुत्ता सिलाउने र विरामीले डा.केसीको अनशन तोडाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । उनले बिहीबार अपरान्ह ४ बजेर २ मिनेटमा अनशन तोडेका हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मूल गेटमा जुत्ता सिलाउने काम गर्दै आएका सप्तरीका सत्यनारायण राम र अर्का विरामीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन् ।
डा केसीले जुत्ता सिलाउने राम र शिक्षण अस्पतालमै उपचाररत हाड जोर्नीका बिरामी १० वर्षीय बालक सुवाध अधिकारीको हातबाट जुस खाँदै १२ दिन लामो अनशन तोडेका हुन् ।
सरकारले डा. केसीले उठाएका माग पूरा गर्ने सहमति गरेपछि अनशन तोडिएको हो । बिहबारै सरकारी, डा. केसी र नेपाल चिकित्सक संघबीच त्रिपक्षीय सहमति भएपछि अनशन तोडिएको हो ।
सहमतिपत्रमा अनशनरत डा. केसी र नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । सरकारका तर्फबाट मूख्य सचिव लीलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले हस्ताक्षर गरेका छन् ।
डा. केसीले उठाएका दुई जटिल मागबारे पनि मध्यमार्गी बाटो खोज्दै सहमति जुटेकाले अनशन तोडिने भएको हो । डा. केसीले उठाएका नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने तथा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि छानविन गर्न पनि सहमति भएको हो ।
सहमति अनुसार दुईवटा चिकित्सका नीति नबनेसम्म नयाँ मेडिकल कलेजलाई सरकारले सम्बन्धन नदिने भएको छ । त्यसैगरी त्रिवि रि केयुका ‘भ्रष्ट पदाधिकारी’ माथि छान
विन गर्न एक हप्ताभित्र पुनरावेदन अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बनाइने भएको छ ।
छानविन समितिले उनीहरुलाई दोषी ठहर गरेमा बर्खास्त गरी कारबाही गरिने सहमति भएको हो । त्रिपक्षीय सहमतिपछि नेपाल चिकित्सक संघ र सरकारले देशभरका अस्पताल सुचारु गर्न परिपत्र गरेका छन् ।
डा. केसीले उठाएका माग पूरा गर्न सरकार तयार भएपछि अहिले त्रिवि शिक्षण अस्पताल परिसरमा चिकित्सक र विद्यार्थीहरु खुसी मनाएका छन् । डा. केसीले अनशन तोडेको हेर्न शिक्षण अस्पतालमा सयौं सर्वसाधरण पुगेका छन् ।

###
0 comments
Write Down Your Responses