यस्ता देखिए पारस शाह, निर्मल निवास प्रवेशमा रोक, कहाँ बसे पारस ? (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र १९ । लामो समयपछि पूर्वयुवराज पारस शाह स्वेदश फर्किएका छन् । थाइल्यान्डबाट विहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पारसको स्वागतका लागि ठूलो संख्यामा समर्थक र शुभेच्छुकहरु भेला भएका थिए ।
पारसलाई स्वागत गर्न विमानस्थल पुगेका शुभेक्छुकहरुको भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो । ठूलो संख्यामा समर्थकहरु विमानस्थल पुगे पनि पारसलाई लिन परिवारका कुनै सदस्य विमानस्थल गएनन् ।
पारस विमानस्थलबाट सीधै निर्मल निवास जाने भनिए पनि ‘विगतका गतिविधि, आफ्नै परिवारप्रतिको दुव्र्यवहार, पारसले भोगेका कानुनी कारबाही, परिवारमा परेको असर र हालको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास आउन रोक लगाएको’ स्रोतले जनाएको छ ।
‘अझै पनि आवश्यक उपचारको व्यवस्थाका लागि सुधार केन्द्रमा बस्नुपर्ने र अब हुने आचरण र व्यवहारसमेतलाई ध्यानमा राखेर’ पारसलाई हाल धुम्बाराहीस्थित कुन्डलिनी फिटनेस सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ ।
थाइल्यान्डमा रहँदा पारस पटक–पटक लागूऔषधसहित पक्राउ परेका थिए । भविष्यमा पारस शाह नेपालमै रहने वा फेरि विदेश जाने भन्नेबारे आधिकारिकरुपमा केही खुलाइएको छैन ।

###
0 comments
Write Down Your Responses