मलेसियामा प्रबासीकाे सामुहिक चिहान फेला पर्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
क्वालालाम्पुर– थाइल्याण्डको सीमावर्ती मलेसियाको उत्तरी इलाकामा सामुहिक चिहान फेला परेको छ। मेलेसियाली अधिकारीहरुका अनुसार उक्त चिहानमा करिब १ सयभन्दा बढी प्रवासीहरुको शव गाडिएको हुन सक्छ। मलेसियाको पत्रिका मलाइया स्टारले गृहमन्त्री जाहिद हामिदीलाई उद्धृत गर्दै लेखेको खबर अनुसार थाई सीमा क्षेत्र जजिक खाली रहेका मानव तस्करहरुको १७ ओटा सिविरमा यी चिहानहरु फेला परेका हुन्। तर, यी चिहानहरुमा कति ओटा शव छन् भन्ने कुरा उत्खननपछि मात्र पत्ता लाग्ने गृहमन्त्रीले बताएका छन्।


सञ्चारमाध्यमहरुले बताएअनुसार यी चिहानहरु प्छिल्लो एक साताभित्र फेला परेका हुन्। चिहानमा म्यानमार तथा बंगलादेशका प्रवासी नागरिकहरुलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंका गरिएको छ। म्यानमारका रोहिंग्या मुसलमानहरु गैरकानुनी तरिकाले थाइल्याण्ड प्रवेश गर्ने नाकामा यी चिहानहरु फेला परेका हुन्। तर, मलिसियामा यस किसिमको चिहान पहिलो पटक फेला परेको हो।

केही समयअघि थाइल्याण्डमा मानव तस्किरीविरुद्ध विशेष कडा अभियान चलाइएको थियो। प्रत्येक वर्ष हजारौं संख्यामा गैरकानुनी तरिकाले थाइल्याण्डको बाटो हुँदै मानव तस्करहरुले विभिन्न मुलुकका व्यक्तिलाई मलेसिया प्रवेश गराउने गरेका छन्।

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z