नगर विकास समितिले पायो पुर्णता
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बुटवल उपमहानगर विकास समितिको कार्य समिति विस्तार भएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयले ५ जना सदस्यहरु थप गरेको छ । यस अघि नै नगर विकास समितिको अध्यक्षको मनोनयन भैसकेपनि कार्यसमिति विस्तार भएको थिएन ।
मन्त्रालयले नगर विकास ऐन २०४५ को दफ ४ उपदफा ४।२ बमोजिम २ बर्षको कार्यकाल अनुसार सदस्यहरुको मनोनयन गरिएको उल्लेख छ । जस अनुसार
सदस्यहरुमा बुद्ध सामुदायिक टेलिभिजनका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ,नेपाली कांग्रेस नगर उपसभापती विमलराज भट्टराई, इन्जिनियर कुसुमराज ज्ञवाली,भिम
वहादुर आले,र खड्ग वहादुर महत रहेका छन् ।
बुटवल उपमहानगर विकास समितिको अध्यक्षमा खेलराज पाण्डे मनोनयन भैसकेका छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z