भारतीय हेलिकोप्टरले राहत लान मानेन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जस्तापाता नपुग्दा भूकम्पपीडितको बिचल्ली
सङ्खुवासभा : भूकम्पपीडितलाई राहत पुर्‍याउन आएको भारतीय हेलिकोप्टर सम्बन्धित स्थानमा राहत नपुर्‍याई काठमाडौं फर्किएको छ ।

सिसुवाखोला–७ का ६२ विस्थापित परिवारलाई जस्तापाता ढुवानी गर्न आएको भारतीय सेनाको हेलिकोप्टर रित्तै काठमाडौ फर्किएको हो।

खाँदबारीको टुँडीखेलबाट सिसुवाखोलामा १० हजार किलोग्राम जस्तापाता ढुवानी गर्न आएको भारतीय हेलिकोप्टर मौसम राम्रो हुँदा हुँदै विनाकारण काठमाडौं फर्किएको हो ।

हेलिकोप्टरले जस्तापात ढुवानी गर्न नमान्नुको कारणबारे आफूलाई कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

आठ सय किलोग्राम जस्तासहित सिसुवाखोला उडेको हेलिकोप्टर अन्यत्रै जस्तापाता झारेर काठमाडौं उडेपछि खुल्ला आकाशमा रात बिताउदै आएका ६२ पीडित परिवारलाई थप समस्या भएको छ ।

पीडित परिवारलाई त्रियोग युवा क्लब काठमाडौंले न्युजिल्याण्ड एडको सहयोगमा एक सय ६० बण्डल जस्तापाता पठाएका थिए ।

जिल्ला बिकास समितिले पाँच लाख रुपैयाँ बिनियोजन गरेर दैविक प्रकोप उद्धार समितिको सक्रियतामा पुर्नस्थापनाको पहल शुरु गरिएको दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रजिअ क्षेत्रीले बताए ।

भुकम्पपछि गएको पहिरोले सिसुवाखोला–७ याङ्सिम्माका ६२ परिवार १० किलोमिटरमाथिको सिसुवाखोला–७ कै निजी र सार्वजनिक जग्गामा सरेका छन् ।

भारतीय हेलिकोप्टरले ढुवानी गरिदिने भएपछि धेरै परिणाममा जस्तापाता खरिद गरिएको त्रियोग युथ क्लबका सचिव संयोगान्त कुलुङले गुनासो पोखे । ‘हामीले उपलब्ध गराउने राहतमा जिविससमेत सहभागी भयो’, उनले भने ‘तर सभासद् तारामान गुरुङ र भारतीय हेलिकोप्टरले ढुवानीमा धोका दिए ।’

भारतीय हेलिकोप्टर विनाकारण काठमाडौं फर्केपछि जस्तापाता खाँदबारीको टुँडीखेलमा अलपत्र अवस्थामा छ ।

जस्तापाता कुरेर बसेका ६२ परिवारको आशा सभासद्ले खिन्न बनाइदिएको भन्दै अर्को विकल्प खोज्न पीडितले माग गरेका छन् । जस्तापाता नपाएपछि निराश बनेका याङसिमाका भूकम्पपीडित राजेन्द्र राईले राज्यबाट तत्काल जस्ता ढुवानी गरीदिन माग गरे ।

चार दिनअघि भोजपुरका लागि राहत सामाग्री लिएर आएको भारतीय सेनाको हेलिकप्टरले तुम्लिङटारमा समान झारेर अलपत्र पारेका थिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z