भूकम्पसँगैको पहिरोमा पुरिएका चेतबहादुरको शव १४ दिनपछि निकालियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चरिकोट : दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको शव आज उत्खनन गरिएको छ ।
गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो । गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली सेनाको टोलीले उत्खनन गरेको चरीकोटस्थित बर्दबहादुर गणका सेनानी रोशन पन्तले जानकारी दिए।
“शव प्रहरीमार्फत परिवारलाई हस्तान्तरण गरेका छौँ, उनले भने । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गइरहेका पराकम्पनबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । रासस

###
0 comments
Write Down Your Responses