राहत वितरणमा गडबडी गरे मन्त्रीलाई नै जेल हाल्ने प्रधानमन्त्रीको चेतावनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ ११ । प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा गडबडी गरे जेल हाल्ने चेतावनी दिएका छन् ।

सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने दायित्व आफ्नो भएको भन्दै प्रधानमन्त्री कोइरालाले ‘त्यस्तो रकममा मन्त्रीहरुले तलमाथि गरे पनि नछोड्ने’ चेतावनी दिएका हुन् ।

‘यस्तो विपत्तिमा सरकारले गर्न नसके कसैले पनि गर्न नसक्ने’ भन्दै उनले सरकारको आलोचना मात्र नगर्न आग्रह गरे ।

विभिन्न संघ–संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको रकम बुझ्दै सोमबार प्रधानमन्त्री कोइरालाले ‘सरकारसँग समन्वय गरेर मात्र राहत वितरणमा लाग्न’ सुझाव दिए ।

‘अहिले कुनै जिल्लामा राहत नै राहत र कुनैमा खाने कुराको समेत अभाव भइरहेको’ भन्दै उनले ‘सबै स्थानमा राहत पुगोस् भनेर नै सरकारले एकद्धार प्रणाली लागू गरेको’ बताए ।

उनले भूकम्पपीडित सबै जनताले समान ढंगबाट राहत पाउनुपर्नेमा सरकार दृढ रहेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग परामर्श गरेर मात्र राहत वितरण गर्न आग्रह गरे ।

विदेशी मुलुकहरुले आफैंले उद्धारमा खर्च गरेको रकम कटाएर मात्र दिएको भन्दै प्रधानमन्त्री कोइरालाले प्रचार मात्र नगर्न आग्रह गरे ।

सोमबार प्राइम बैंकले ५० लाख, नेपाल सुनचाँदी व्यवसायीहरुले २५ लाख, कर्जा सुरक्षण निगमले २७ लाख, कलाकारहरुले जम्मा गरेको ५ लाख, दिपकर फाउन्डेसनले १० लाख, कास्टमन्डप विकास बैंकले ५ लाख रकम कोषमा जम्मा गरेका छन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z