एमाले पाँच प्रदेशका पक्षमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सोमबारै बसेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पहिचान र १० प्रदेशमा नघट्ने निर्णय गरेपछि एमालेले पाँच प्रदेशभन्दा अघि नबढ्ने निर्णय गरेको हो।
प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमालेले राष्ट्रिय सहमतिको सरकार बन्न विभिन्न अवधारणासमेत अगाडि सारेको छ। बैठकले नयाँ संविधानमा पाँच प्रदेशभन्दा मुनिको संख्यामा अडान राख्ने निर्णय गरेको छ।
यसअघि पार्टीले सात प्रदेशसम्म जान सकिने अवधारणा अगाडि सारेको थियो। '५ प्रदेशभन्दा मुनि हुनुपर्छ भन्ने पार्टीको निर्णय हो', भट्टराईले अन्नपूर्णसँग भने।
यसअघि भएको निर्वाचनप्रणालीका विषयमा पनि एमालेले सोमबार अर्को अवधारणा ल्याएको छ। पार्टीले निर्वाचनप्रणालीमा समानुपातिक र प्रत्यक्ष भए पनि निर्वाचितहरूको बहुमत हुनुपर्ने निर्णय गरेको छ।
भट्टराईले भने, 'निर्वाचनप्रणाली मिश्रित नै भएपनि हामीलाई आपत्ति छैन तर त्यसमा प्रत्यक्ष निर्वाचितको बहुमत हुनुपर्छ भन्ने पार्टीको नयाँ निर्णय हो।
त्यसैगरी राष्ट्रिय पार्टी हुन पनि एमालेले नयाँ सर्त अगाडि सारेको छ। स्थायी समितिको बैठकले राष्ट्रिय पार्टी हुन कुल खसेको पाँच प्रतिशत मत प्राप्त गर्नुपर्ने अवधारणा ल्याएको छ।
बैठकमा सहभागी नेताहरूले भूकम्पपछि जनताको मनोविज्ञानमा परिवर्तन आएको भन्दै पाँच प्रदेशको अवधारणा अगाडि सारेको भट्टराईले बताए।
उनका अनुसार पाँच प्रदेशभन्दा कम हुने गरी बलिया प्रदेश निर्माणको आवश्यकता अहिलेको भूकम्पले देखाएकाले पार्टी यो निर्णयमा पुगेको हो।
भूकम्पले प्रधानमन्त्री कार्यालय, सैनिक मुख्यालय, सर्वोच्च अदालतलगायत निकायसमेत काम नलाग्ने भएको र तिनको पुनर्निर्माण गर्न कठिन भएको बेला धेरै प्रदेशमा देश विभाजन गर्दा योभन्दा बढी संकट हुने भन्दै कम प्रदेशमा जोड दिएको भट्टराईले बताए।
बैठकमा उप तथा गृहमन्त्री गौतमको समेत आालोचना भएको थियो। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राहत वितरण न्यायोचित नभएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेका थिए।
उनले विभिन्न देशका सेनाको कामकारबाहीबारे गृह मन्त्रालयलाई जानकारी नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै आलोचना गरेको स्रोतले बतायो।
जबाफ दिँदै गृहमन्त्री गौतमले भारत, अमेरिका, चीन र क्यानाडाका स्वास्थ्य सेवातर्फका बिनाबर्दीका सेनामात्र जान बाँकी रहेको जानकारी दिएका थिए।
###
0 comments
Write Down Your Responses