चारैतिर पहिरो, बाटोभरि धाँजा फाट्यो, कालिञ्चोक मन्दिर जोखिममा (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दोलखा, जेष्ठ २९ । विनाशकारी भूकम्पका कारण पहिरो तथा धाँजा फाटेर दर्शनार्थीहरु जोखिममा परेपछि मन्दिर व्यवस्थापन समितिले कालिञ्चोक भगवतीको मन्दिर मर्मत गरिदिन अनुरोध गरेको छ ।

जिल्लाको मुख्य धार्मिकस्थल कालिञ्चोक मन्दिरको चारैतिर पहिरो जानुका साथै बाटोहरुमा धाँजा फाटेको कारण समितिले मर्मत गरिदिन वा बन्द गरिदिन अनुरोध गरेको हो ।

भूकम्प गएको केहि समय मन्दिरमा दर्शनार्थी नपुगेको भएपनि पछिल्ला दिनमा केहि दर्शनार्थी पुग्ने गरेको र उनीहरुको सुरक्षा मुख्य चुनौती बनेको कालिञ्चोक भगवती मन्दिर संरक्षण तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष बुद्धसिंह तमाङले बताए । प्रशासनले कि तत्काल मन्दिरको पुनःनिर्माण थाल्नु पर्ने कि रोक्नुपर्ने उनको भनाइ छ ।

भूकम्पअघि कालिञ्चोक मन्दिरमा दैनिक हजारौं मानिस पुग्ने गरेकोमा अहिले दैनिक २०/३० जनामात्र पुग्ने गरेको र उनीहरुको यात्रा पनि क्षतिग्रस्त बाटोको कारण सुरक्षित नभएको स्थानीयको भनाइ छ ।

३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिर परिसरको दायाँबायाँ दुबैतिर पहिरो गएको छ भने मन्दिर पुग्ने घ्याङडाँडा टुटानको बाटो पनि क्षत–विक्षत भएको छ ।

###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z