शुक्रबार अर्को पराकम्पन, बिहान दुई धक्का
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ २९ । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । शुक्रबार मात्रै बिहान ११ बजेसम्म ४ म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन मापन भएका छन् ।
बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको छ । यसअघि, बिहानै १ बजेर २२ मिनेटमा गोरखा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि विहीबार ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका थिए ।
काठमाडौं, जेष्ठ २९ । गर्मी दिन । रातको समय । अधिकांश काठमाडौं उपत्यकाबासी घरभित्र पसिसकेका थिए । कोही टिभी हेर्दै थिए । कोही सुत्ने तरखरमा । नियमित यस्तै कार्यमा व्यस्त थिए काठमाडौंबासी ।
विहीबार राति एक्कासि राजधानीबासीको दैनिकी केहीबेर असामान्य जस्तै बन्यो । टोल, छिमेकमा हो–हल्ला भयो । केही मानिसहरु घरबाट बाहिर निस्किए ।
राति सुत्ने–सुत्ने समयमा आएको भूकम्पीय झड्काले उपत्यकाबासीलाई झस्काएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर आएको ५ दशमलव ३ म्याग्निच्यूडको पराकम्पनले मानिसहरुलाई हल्लायो ।
विगत केही दिनयताको ठूलो उक्त धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित, काभ्रे, दोलखासम्म महसुस गरिएको थियो ।
रातिको समयमा आएको ठूलो पराकम्पनका कारण मानिसहरु केहीबेर त्रसित हुन पुगे । धक्काको महसुसलगत्तै काठमाडौंमा केही मानिसहरु घरबाहिर खुला स्थानमा पुगेका थिए । यद्यपि, उक्त झड्काले कोही हताहती भएको भने सुनिएन ।
राजधानीका केही मानिसले भने उक्त झड्का आफूले महसुस नै नगरेको सामाजिक सन्जालमा उल्लेख गरेका छन् । विहीबार योसहित ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन मापन भए । त्यसअघि, बुधबार पनि तीनओटा पराकम्पन मापन भएका थिए ।
गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि साना पराकम्पन आउनेक्रम केही समय रहन सक्ने भूकम्पविद्हरुले बताउँदै आएका छन् । उनीहरुले पराकम्पनबाट नआत्तिन र सचेत रहन सुझाउँदै आएका छन् । साना झड्काहरुबाट खासै हानी नहुने उनीहरुको भनाइ छ ।

- रातिको धक्काले काठमाडौंबासी तर्सिए

###
0 comments
Write Down Your Responses