हराएका ब्ल्याङ्केट झापा र सुनसरीमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं–बंगलादेशले भूकम्प पीडितका लागि पठाएका ११ ट्रक ब्ल्याङ्केट झापा र सुनसरीमा भेटिएको छ। भूकम्प पीडितका लागि राहतस्वरुप स्थलमार्ग हुँदै नेपाल पठाइएका ब्ल्याङ्केट मध्ये हराएका ५७ हजार ब्ल्याङ्केटमध्ये ११ ट्रक झापा र सुनसरीमा भेटिएको हो।
ब्ल्याङ्केटकाे संख्या भने खुलाइएकाे छैन । वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टरस्केलको आमविनाशकारी भूकम्पपछि पीडितको लागि बंगलादेशले कूल ५९ हजार २ सय ७२ थान ब्ल्याङ्केट पठाएको थियो। पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले बंगलादेशले राहत स्वरुप पठाएका ब्ल्याङ्केट मध्ये अधिकांश झापाको काँकडभिट्टास्थित भन्सार कार्यालय र सुनसरीको विपत भण्डारण केन्द्रमा राखिएको बताए। 'बंगलादेशबाट राहत स्वरुप आएका ब्ल्याङ्केट स्टोर गर्न समस्या भएपछि काँकटभिट्टा र सुनसरीमा भण्डारण गरिएको छ,' आचार्यले नागरिकन्युजसंग भने 'झापामा भण्डारणको समस्या भएपछि केहीलाई सुनसरीमा भण्डारण गरिएको हो।'
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बंगलादेशबाट राहतस्वरुप आएका सामाग्रीमध्ये ५ ट्रक काँकडभिट्टास्थित भन्सारको गोदाममा राखिएको, ६ ट्रक सुनसरीमा राखिएको र केही थानलाई अन्य राहत सामाग्री सहित मिलाएर काठमाडौं पठाइएको बताए। 'राहत सामाग्री हराएको नभई इन्फरमेशसन ग्याप मात्रै भएको प्रजिअ पौडेलले दावी गरे। 'आएका सामाग्रीहरु राजनीतिक दलका प्रतिनिधि, सरकारी निकायका अधिकारीहरु राखेर हामीले सामाग्री बुझेका हौं,' पौडेलले भने 'तिमध्ये केही थान काठमाडौं पठाइए, केही सुनसरीमा भण्डारणका लागि पठाइयो र बाँकी काँकडभिट्टामै भण्डारण गरिएको छ।'
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्षेत्रीय प्रशासकको समन्वयमा झापाबाट तीन दिन अघिमात्रै आफुहरुले ६ ट्रक ब्ल्याङ्केट भण्डारणका लागी प्राप्त गरेको बताए। 'भण्डारण गर्ने ठाउँ भएन भन्दै तीन दिन अघिमात्रै हामीले ६ ट्रक ब्ल्याङ्केट प्राप्त गरेका छौं,' पन्थले भने 'तत्कालका लागि यही राख्न निर्देशन भएको छ, जहाँ पठाउन आदेश हुन्छ त्यही पठाउँछौं।' बोरा र प्याक भएर आएकाले कति संख्यामा छन् भन्ने आफुहरुले गणना नगरेको प्रजिअ पन्थले जानकारी दिए।
नेपालमा भूकम्प पीडितको राहतका लागि जेठ ४ गतेभित्र सवै सामाग्रीहरु आइपुगेपनि किन ढिला विवरण सार्वजनिक गरियो? भन्ने प्रश्नमा झापाका प्रजिअ पौडेलले भने पटक पटक सामाग्री आएकाले एकिकृत डाटा तयार गर्न नसकिएको बताए। यसअघि विदेशबाट आउने राहत सामाग्रीको केन्द्रीय तथ्याङ्क तथा वितरणको जिम्मेवारी पाएको गृह मन्त्रालयले बंगलादेशबाट जम्मा २ हजार ४ सय ७८ थान ब्लैंकेट मात्र प्राप्त भएको तथ्यांक सार्वजनिक गरेको थियो। तर काठमाडौंस्थित बंगलादेश दूतावासका अनुसार ५९ हजार २ सय ७२ थान ब्ल्याङ्केट तीन साता अघि नै नेपाल भित्रिएका थिए।

###
0 comments
Write Down Your Responses