मलेसियाको अस्पतालमा दयाशंकरको शव सड्दै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
मलेसिया : परिवारले शव बुझ्ने स्वकृती नदिँदा एक नेपालीको शव मलेसियाको अस्पतालमा सात महिनादेखि अलपत्र परेको छ ।

रुपन्देही हरिबनगइका दयाशंकर यादवको शव मलेसियाको पुलाउ पेनाङ्ग अस्पतालमा अलपत्र परेको हो ।

अवैध काम गरिरहँदा गत मंसिरमा मृत्यु भएका यादवको शव नेपाल पठाउन समस्या भएको नेपाली दूतावास मलेसियाले जनाएको छ ।

यादवको शव नेपाल पठाउन सबै प्रक्रिया पुरा गरेपनि मृतकका परिवारले शव बुझ्ने सहमति नदिँदा अस्पतालमै अलपत्र परेको दूतावास मलेसियाका द्धितिय सचिव उत्तमकुमार शाहीले जानकारी दिए ।

‘यादवको शव नेपाल पठाउने प्रक्रिया अघि बढाए पनि घरबा सहमतिको कागजात नआउँदा अस्पतालमा नै अलपत्र परेको छ’, शाहीले भने ।

नेपालबाट काम गर्न आएको सेक्युरिटी कम्पनीबाट भागेर अवौधानिक भएका उनको गत मंसिरमा मृत्यु भएको थियो । भागेर काम गरिरहेको कम्पनीममै यादवको मृत्यु भएको थियो ।


पहिला काम गर्न आएको कम्पनीले यादवको शव नेपाल पठाउन लाग्ने खर्चको आधा व्योर्होने र बाँकी रकम साथीले दिन तयार हँदा पनि शव नेपाल पठाउन सकिएको छैन ।

शव नेपाल पठाउन करिव ५ हजार रिङ्गेट लाग्ने गरेको छ । मृतकका बुवा सेतु यादवले लिखितरुपमा शव नेपाल पठाउने या मलेसियामै दाहसंस्कार गर्ने कागजात नपठाउँदा समस्या भएको शाहीले जानकारी दिए ।

पहिला मृतकका परिवारसँग सम्पर्क भए पनि हाल कोही पनि सम्पर्कमा नआएको दूतावास स्रोतले बताएको छ ।

दूतावास मलेसियाले मृतकका परिवारलाई सम्पर्कमा आई शव वुझ्न  जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई पत्रचार गरिसकेको छ ।

यता शव राखिएको पुलाउ पेनाङ्ग अस्पताल र स्थानीय प्रहरीले शव नेपाल पठाउन पटक पटक ताकेता गरेका छन् । शवलाई मलेसियामै  दाहसंस्कार गर्न पनि परिवारको स्वीकृति आवश्यक हुन्छ । तर परिवारले कागजात नपठाउँदा दयाशंकरको शव अस्पतालमै सडिरहेको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z