बीपी र मदन भण्डारी पनि हुस्सु, म पनि हुस्सु : प्रचण्ड
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
संविधानसभामा विद्रोह भएकै हो, जिम्मेवारी लिन्छु'
२ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विगतमा बीपी कोइराला र मदन भण्डारी हुस्सु भएको र अहिले आफू पनि त्यस्तै हुस्सु बनेको बताएका छन् ।
राजनीतिक दलहरु वार्तामा जुट्न नसकिरहेका बेला शनिबार ३० दलीय गठवन्धनले साजधानीमा संयुक्त कार्यकर्ता भेला आयोजना गरेको थियो । सो भेलालाई सम्बोधन गर्दै प्रचण्डले ०१५ सालमा तत्कालीन राजा ‘महेन्द्रको संविधान’ अनुसार चुनावमा जान तयार भएर बीपी कोइराला हुस्सु बनेको बताए ।
त्रिभुवनले २००७ को क्रान्तिपछि जननिर्वाचित प्रतिनिधिबाट संविधान बनाउने घोषणा गरेका थिए । तर, ०१४ सालसम्म संविधानसभाको चर्चा पनि महेन्द्रले अन्तरिम संविधान-२००८ अनुसार ०१५ सालमा संसदीय निर्वाचन गराउने घोषणा गरे । बीपीले त्यसलाई समर्थन गर्दै चुनावमा भाग लिएपछि संविधानसभाको एजेण्डा सकिएको थियो ।
प्रचण्डले शनिबार कार्यकर्ता भेलामा भने-‘संविधानसभा भनेको भनेकै गरेको भए बीपी अर्कै हुने थिए, चुनावमा जान्छु भन्दा डेढ वर्षमात्र दुई तिहाइ बहुमतको सरकार के चलाएका थिए, ०१७ सालमा कु भयो । त्यसपछि ८ वर्ष जेल, निर्वासन, मेलमिलाप सारा झमेला सुरु भो ।’
प्रचण्डले मदन भण्डारी कसरी हुस्सी भए भन्ने व्याख्या गरेनन् ।
आफू दोस्रो संविधानसभा चुनाव गराउने क्रममा हुस्सु भएको उनले कार्यकर्तालाई सुनाए । प्रतिक्रियावादी कमजोर भएपछि रुन्छन् रे भन्ने सुनेको थिएँ’ प्रचण्डले भने- ‘त्योबेला चुनाव गराउने भनिएका मन्त्रिमण्डलका मान्छेहरु (नाम भन्दिन म) लाजिम्पाटमा आएर आँखाभरि आँसु पारेर तपाईको सेवा गर्ने हो, भनेपछि होला भनियो । तर, कति हुस्सु भइएछ ।’
दोस्रो संविधानसभाको निर्वाचनको परिणाम आएपछि आफू ब्युँझिएको र त्यो सबै सपनामा रहेछ भन्ने खुलेको प्रचण्डले कार्यकर्तालाई बताए ।
‘काम गर्ने कालु, मकै खाने भालु’
कांग्रेस र एमालेले ‘काम गर्ने कालु, मकै खाने भालु/डेढु’ भने जस्तै गर्न खोजेको प्रचण्डको आरोप छ ।
गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता विद्रोह र क्रान्तिको बलमा आएको भन्दै उनले भने-‘हिजो बाली लगाउने बेलामा हलो जोत्नेहरुका विरुद्ध, परिर्वतनका झण्डा उठाउनेहरुलाई दमन गर्न फुर्सद थिएन, अहिले विद्रोह र बलिदानपछि प्राप्त उपलब्धि उनीहरुकै बलमा प्राप्त भएको जसरी अपहरण गरेर आफू एकलौटी ठानेका छन् । सबै गर्ने एउटाले, खाने अर्कोले कहीँ हुन्छ ?’
प्रचण्डले जनताको रगत र पसीनाको बास्ना नभएको संविधान च्यातेर फाल्ने चेतावनी दिए ।
‘कांग्रेस र एमाले लचिलो’
प्रचण्डले कांग्रेस र एमाले अहिले पनि सहमतिबाट संविधान बनाउने र परिर्वतनका एजेण्डाहरु संस्थागत गर्ने पक्षमा नभएको आरोप लगाए । ‘त्यसो भए तँ किन जान्छन् त सिंहदरवार ? किन प्रधानमन्त्रीलाई भेटिराख्नुपर्यो भन्ने प्रश्न होला’ भन्दै प्रचण्डले अन्तराष्ट्रिय समुदाय, ३० दल, पद्मरत्न तुलाधरको मोर्चा र बैद्य माओवादीको आन्दोलनको दबावमा कांग्रेस र एमाले केही लचिलो भएको बताए ।
‘प्रधानमन्त्री पहिलोपटक मेरो डेरामा गेट क्रस गरेर आउनुभो । म विपक्षी दलको नेता भएपछि कहिल्यै आउनुभएको थिएन’ उनले भने-‘यसलाई सकारात्मक मान्नुपर्छ ।’
प्रधानमन्त्रीले आफ्नै लेटरप्याडमा वार्ताको आहृवान गर्नु पनि सकारात्मक भएको प्रचण्डको भनाइ थियो ।
तर, प्रधानमन्त्रीको आहृवानमा ००७ साल उल्लेख गरेकोमा प्रचण्डले आपत्ति जनाए । अहिलेको वक्तब्यमा किन सात साल लेख्नुपरेको ?’ ३० दलीय मोर्चाका संयोजक समेत रहेका प्रचण्डले भने-‘उहाँहरुको माइन्ड सेट सात सालमा छ, परिर्वतनका एजेण्डालाई स्वीकार गर्न सक्नुभएको छैन ।’
नेपाली राजनीतिमा अहिले महाभारतमा पात्रहरु पटक पटक उल्लेख हुन गरेको प्रचण्डले सुनाए । उनले भने-‘को अर्जुन हो ? को कृष्ण हो ? को सकुनी हो ? को धृतराष्ट हो ? दुर्योधनको रोलमा को छ भनेर चर्चा परिचर्चा हुने गरेको छ ।’
‘संविधानसभाको ‘विद्रोह’ दूधभातजस्तै’
संविधानसभालाई ब्यारेक बनाएपछि माघ ५ गते संविधानसभा बिद्रोह भएको उनको बताए । घटनापछि आफूलाई १९ दलको संयोजकको हैसियतमा जिम्मा लिनुपर्छ भनिएको भन्दै उनले भने-‘म सहर्ष जिम्मा लिन तयार छु ।
१० वर्षमा भएको प्रत्येक घटनाको जिम्मेवारी लिएको छु भने ५ गते भएको विद्रोहको जिम्मा लिने कुरा मलाई दूधभात भन्दा केही होइन ।’

###
0 comments
Write Down Your Responses