मृगौलामा ४ सय २० ढुंगा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
चिनमा डाक्टरहरुले एउटा मानिसको मृगौला बाट ४ सय २० वटा ढुंगा निकालेको छ ।

चिन बाट प्रकाशित कियान जियांग ईभिनिङ पोष्ट पत्रिकाका अनुसार पुर्वी झोजियांग प्रान्तको  डोंगमांगको एक अस्पतालमा दुई घन्टा लामो शल्यक्रिया पछि मृगौलाबाट यति धेरै ढुंगा निकालिएको हो ।

डाक्टरहरुका अनुसार बिरामीले खाने गरेको टोफु खाना र कम मात्रामा पानी पिउनु यस्को मुख्य कारण हुनसक्ने बताएका छन् । डाक्टर युबिन भन्छन् “ सोया उत्पादित खासगरि टोफुमा क्यालसियमको मात्रा अधिक हुन्छ । यसलाई प्रयोग गर्ने मानिसले अधिक पानी पिउनु पर्ने हुन्छ ।पानी धरै मात्रामा सेवन गरेमा अधिक मात्रामा सेवन भएको क्याल्सीयम शरिरबाट काहिरिएर जान्छ । “

शल्यक्रिया गरि ढसंगा निकालिएका हि नाम गरेका ब्यक्तिलाई मे महिना बाट पेट दुख्ने समस्या बढेको थियो ।अस्पतालका सिटिस्क्यान गरेपछि बायाँ मृगौलामा ढुंगाले भरिएको दखिएको थियो । डाक्टरका अनुसार हि ले अस्पताल आउन अझ ढिलाई गरेको भए मृगौलानै निकाल्नु पर्ने हुने थियो ।

मृगौला बाट ४ सय २० वटा ढुंगा निकाल्नु पक्का पनि आश्चर्यको कुरा हो । तर सन २००९ मा भारतमा एउटा बिरामीको मृगौलाबाट डाक्टरहरुले ३ धन्टे लामो शल्यक्रिया गरि पत्याउनै ग्राहो पर्ने गरि १ लाख ७२ हजार १ सय ५५ वटा ढुंगा निकालेका थिए ।(एजेन्सीको सहयोगमा) 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z