इजरायल जाँदै हुनुहुन्छ ? यी कुराहरुमा विशेष ध्यान दिनुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
आर्गुमेन्ट, कम्प्लेन गरेको भन्दै नेपाल फिर्ता गरिएका छन् । तर साच्चै ठूलो समस्या, तपाईलाई निकै अप्ठेरो परेको खण्डमा भने गर्न सक्नुहुनेछ । तपाईको जिम्मेवारी कलेजले लिएको हुन्छ । समस्या समाधानमा कलेजले हेर्ने गर्छ । फार्मर राम्रो र बुझ्ने किसिमको छ भने तपाईको समस्यालाई उसले सामान्यरुपमा हल गरिदिन्छ । तर सबै त्यस्तो हुँदैनन् । हाम्रो फार्मर सिमसोन बाराजानी आजसम्म हाम्रो लागि राम्रा छन् । सिमसोन भन्दा उनका छोराले हामीलाई अझै मजाले बुझेको महशुस हामी गर्छौँ ।
भाग्ने प्रयास नगर्नुस् हाम्रो पालीमा अधिकांश साथीहरु भाग्ने प्रयास गरेनन् । केही साथी प्रयास गरेको तर पकडाउ खाएको खबर सुन्न सम्म आए । एकजना साथी चाहिँ भागेका छन् । जसको कारण उनको रिफन्डेबल अमाउण्ट, १० लाख धरौटी र उनको गाउँबाट यसपाली एकजना पनि सहभागी ल्याइएन । तपाईसंग पैसामात्र जोडिएको हुन्न । तपाईको सामाजिक प्रतिष्ठा र नैतिक चरित्र पनि जोडिएको हुन्छ ।
तपाइबाट गाउँले, परिवारले र सिङगो देशले नै अपेक्षा राखेको हुन्छ भन्ने कुरा नभुलिदिनुहोला । तबमात्र आउनुुस अन्तरवार्तामा म जे पनि गर्न सक्छु भनेर आइन्छ यहाँ आएर गर्न नसकेर कराउन थालियो भने भोली असफल भएर फर्कनुपर्ने पनि हुन सक्छ । कार्यक्रममा केही कमजोरीहरु अवस्य छन् यद्यपी यो कार्यक्रमले साना किसान र बेरोजगार युवाहरुलाई बिकल्पसहित मार्गनिर्देशन गर्न अत्यन्तै ठूलो भूमिका खेलेको छ भन्ने कुरालाई बिर्सनुहुँदैन । इजरायल आएर तपाई सबैले नेपाल फर्केपछि कृषि व्यवसाय नअंगाल्नुहोला तर केहीले त अंगाल्नुहोला नि रु अहिलेको परिस्थितको लागि थोरैमा १० प्रतिशत युवा नै कृषितर्फ आकर्षित हुनु भनेको पनि प्रेरणादायक र उपलब्धिमूलक कार्य हो । यहाँ आएपछि कतिपय साथीहरु सुरुसुरुमा कामको प्रेसर, कडा परिश्रम र शारिरीक पिडा महशु भई कार्यक्रम, कलेज र साना किसान बिकास बैंकको विरोध गर्न थाल्छन् । तर हामीले सोच्नुपर्ने कुरा के छ भने, हामी पो काम गर्न नसक्ने रहेछौँ, विदेशमा संघर्ष गर्न नसक्ने रहेछौँ र चित्त बुझाउँदैनौँ तर नेपालका ती साच्चै किसानका छोराछोरीले त सक्लान नी ।
उनीहरुको अबसर हामीले किन खोस्ने रु त्यसैले यी सबै स्वीकार्न सकिन्छ र भव्य र सभ्यरुपमा कार्यक्रममा सफल सहभागी भई फर्किन्छु भन्ने आत्मविश्वास अझै भए आउनुहोस् । तपाई आफ्नो तालीमअवधीमा अनुशासीत, संयमित र धैर्य भएर कलेज, फार्म र होस्टेलको नियम नतोडी बस्नुभएको खण्डमा तपाई पुरस्कृत पनि हुन सक्नुहुनेछ । फार्मरकहाँ काम गर्दा इमान्दार भएर गर्नुभयो भने तपाई पुरस्कृत हुन सक्नुहुनेछ । काम गर्दा हतारिएर, डराएर र आत्तिएन गर्नुहुँदैन । आफ्नै रफ्तारमा गर्ने बानी गर्नुपर्छ । सकेसम्म यहाँका फार्मरले तपाईसंग छिटो काम खोज्छन् । तर तपाईले ध्यान दिनुपर्ने कुरा के हुन्छ भने आज तपाईले जति छिटो काम गर्नुहुन्छ भोलि पनि त्यही रफ्तारमा काम खोज्छन् ।
त्यसैले फार्मर पनि नरिसाउने र आफ्नो ज्यान पनि जोगाएर काम गर्नुपर्छ । गर्मीमा ज्यादा पानी खाने गर्नुपर्छ । यदि एक वर्षको समयमा तपाईको कुनै कमेन्ट र कम्प्लेन कलेजमा गएन भने तपाईलाई ग्रुप लिडरको रुपमा छानेर कलेजले थप एक वर्ष राख्न पनि सक्छ । घरमा २ घण्टा पनि काम नगरेको म, १५ घण्टा दिनको काम गर्ने भैसकेको छु । अब सक्छु भन्ने आत्मविश्वास पनि छ ।
काठमाडौंमा एउटा रेडियो र पत्रिकामा राम्रै पोजिसनमा रहेर काम गरिरहेको थिएँ । यस कार्यक्रममा सहभागी भई कृषिको क्षेत्रमा योगदान गर्ने उद्देश्यले आएँ । शुरुमा निकै उदेक लाग्यो । यो कार्यक्रम अर्थहीन लाग्थ्यो । राष्ट्रिय पत्रपत्रिकामा म लेख तथा समाचारहरु लेखिरहन्छु अहिले पनि । त्यस्तो उदेकको घडीमा मैले पनि यहाँको कमजोरीलाई तर्क बनाएर लेखहरु लेख्न सक्थेँ ।
राष्ट्रिय रुपमा यस कार्यक्रमबारे घोत्लन सम्बन्धित निकायको ध्यानाकर्षणसम्म गराउन सक्थेँ । तर मैले त्यसो गरिन । यस कार्यक्रमलाई ती साना किसानको छोराछोरीको पक्षमा राखेर सम्झिएँ जो सक्षम भएर पनि कृषिको क्षेत्रमा विकर्षित छन् र दिनहुँ झोला बोकेर विदेशीन बाध्य छन् । अन्तत म आफै पनि कार्यक्रमबाट फाइदा लिनेमा परें । त्यसैले सकिदैन, हुनै सक्दैन भन्ने पनि हुँदैन । प्रयास न हो । आउनुहुने साथीहरुलाई बधाई तथा स्वागतम । – नवराज कुँवर, विद्यार्थी किन्नरेट कलेज इजरायल

###
0 comments
Write Down Your Responses