काकाकुल बन्दै काठमाडौंबासी, मागभन्दा ४ गुना कम आपूर्ति, मेलम्ची ‘अनिश्चित’ -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, जेष्ठ ३० । काठमाडौंको ढल्कुमा बस्ने नासीर खानले दैनिक डेढ किलोमिटर पर गएर पानी ल्याउँछन् । घरमा धारा छ, तर १५, २० दिनमा मात्रै पानी आउँछ । एउटै घरमा ४ परिवार बसेका छन्, त्यसैले १५ दिनमा आएको पानी एउटा परिवारको भागमा १५, २० लिटर मात्रै पर्छ ।
बागबजारकी सरस्वती पन्तको समस्या पनि उस्तै छ । हप्ता १५ दिनमा डेलिगेसन जानुपर्छ, तर पानीको समस्या जस्ताको तस्तै छ । घर माथिकाले ठूलो मोटर जोड्दा पानी आएको बेलामा पनि उनको धारोमा भने राम्रोसंँग पानी आउँदैन ।
नासीर र सरस्वती त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौंमा यस्ता थुप्रै भुक्तभोगी छन्, जसले पानीका लागी दिनहुँ संघर्ष गरिरहेका छन् । काठमार्डौबासीले गर्नुपर्ने धेरै संघर्षमध्ये पानीको व्यवस्था गर्नु पनि एउटा ठूलो संघर्ष हो । यो पानीको अभाव हुने समय । यो बेलामा त झनै पानीको ठूलो अभाव हुने गरेको छ । धारोमा पानी आउनु भनेको ठूलो युद्ध जितेको जस्तै हुन्छ राजधानीबासीका लागि । पानी आउँदा पनि कुनबेला आउँछ, कहिले आउँछ, कुनै टुंगो हुँदैन ।
काठमाडौंकै सानो भर्याङका अर्जुनप्रसाद शर्माले धारोमा पानी नआएपछि ट्यांकरको पानी किन्न थालेको धेरै भइसक्यो । त्यही किनेको पानीमा पनि कुनैबेला ढलको फोहर मिसिएको उनको गुनासो छ ।
‘एकपटक त यस्तै परेर मैले ३ हजार रुपैयाँ तिरेर ट्यांकी सफा गर्नुपर्यो’–उनले दुःखेसो पोखे ।
जमिनमुनिको पानी अत्याधिक मात्रामा निकालिएपछि अहिले कति स्थानमा पानी आउन छाडेको छ । त्यसमाथि विनाशकारी भूकम्पले जमिनको सतहमा ल्याएको हलचलका कारण थप ठूलो समस्या देखिएको छ । मातातीर्थ–मच्छेगाउँलगायतका ठाउँहरुमा पनि पानीको अभाव हुँदै गएको स्थानीयको भनाइ छ ।
काठमाडौंबासीलाई खानेपानीको आपुर्ति गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मागअनुसारको आपुर्ति गर्न सकेको छैन । अहिले काठमाडौंमा दैनिक ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएल वर्षादको समयमा समेत १५ करोड मात्रै पानी आपुर्ति गर्न सक्छ ।
यो त सुक्खा समय । हिजोआज उसले ९ करोड मात्र लिटर मात्रै पानी आपुर्ति गरिरहेको छ, अर्थात् मागभन्दा आपूर्ति ४ गुनाले कम रहेको छ । यही आँकडाबाट भन्न सकिन्छ, काठमाडौंमा पानीको अभाव कति छ । २८ करोड लिटर पानी दैनिकरुपमा अन्य कुनै उपायबाट सर्वसाधरणले जुटाइरहेका छन् । मागभन्दा आपूर्ति निकै कम रहेको र तत्काल यसको सम्बोधन गर्न सकिने अवस्थासमेत नरहेको केयुकेएलका प्रवक्ता मिलनकुमार शाक्य बताउँछन् ।
केयुकेएलका ग्राहक १ लाख ९७ हजार रहेका छन् । झन्डै २ लाख घरका लागि केयुकेएलले ९ करोड लिटर मात्रै पानी उपलब्ध गराउँदा एउटा घरका लागि ४ सय ५० लिटर पानी पर्न आउँछ । यी घरहरुमा डेरा गरेर बस्नेहरुको त कुनै हिसाब–किताब नै छैन ।
२०६८ को जनगणनाअनुसार काठमाडौंको जनसंख्या १७ लाख ४४ हजार रहेको छ । तर, देशभरबाट विभिन्न सिलसिलामा आउनेहरुको आँकडालाई मान्ने हो भने ४० लाखको हाराहारीमा मानिसहरु बस्ने गरेका छन् । यति ठूलो जनसंख्याका लागि त केयुकेएलको पानी ‘पञ्चामृत’ सरह मात्रै हुन्छ ।
विनाशकारी भूकम्पपछि काठमाडौंमा पानीको झनै ठूलो अभाव देखिएको छ । घर छाडेर पालमा बसेकाहरुको अवस्था पनि बिजोग नै छ । कतिपए ठाउँहरुमा विभिन्न संघ–संस्थाहरुले पानी उपलब्ध गराएपनि सबै ठाउँका पीडितले यो सेवा पाउन सकेका छैनन् ।
२०७३ वैशाखभित्र मेलम्ची खानेपानी आयोजनाको पानी आउने भनिएपनि अब यो आयोजना कहिले सम्पन्न हुन्छ भन्ने अनिश्चित जस्तै बनेको छ । पटक–पटक यो आयोजना सम्पन्न हुने मिति सर्दै आएको हो ।
यसपटकको विनाशकारी भूकम्पपछि त आयोजना कहिले सम्पन्न हुन्छ भन्न सकिने अवस्था नरहेको स्रोतको भनाइ छ ।
केयुकेएलले आवश्यक मात्रामा पानी दिन नसक्ने, मेलम्ची आयोजना पनि अनिश्चित हुँदा पानीको खोजीमा भौतारिएका काठमाडौंबासी अझै कति काकाकुल बन्नुपर्ने हो कुनै टुंगो छैन ।

###
0 comments
Write Down Your Responses