दलहरुबीच ८ प्रदेश बनाउने सैद्धान्तिक सहमति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गच्छदारले भने-तीन दलको सहमतिमा ल्याप्चे लाइदिन्छु
२५ जेठ, काठमाडौं । दिनभरीमा कुनै गडबडी भएन भने नाम र सिमाना नछुट्याइएका ८ संघीय प्रदेशमा जाने सहमति सहित दलहरुबीच संविधानका विवादि विषयमा लिखित सम्झौता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार विहान बसेको चार प्रमुख राजनीतिक शक्तिहरुको बैठकले ८ प्रदेशमा सैद्धान्तिक सहमति जुटाएको हो । साँझ बस्ने अर्को बैठकले लिखित सहमति गर्नेछ ।
‘नाम सम्बन्धित प्रदेश सभाले राख्ने र सिमांकन विज्ञहरुको आयोगले गर्ने गरि ८ प्रदेशमा सहमति भएको छ’ बैठकपछि एमालेका महासचिव इश्वर पोरखेलले भने, ‘कुनै गडबड भएन भने साँझ लिखित सहमति हुन्छ ।’
यसअघि बढिमा ६ प्रदेश भन्दै आएका कांग्रेस-एमाले ८ प्रदेश मान्न तयार भएको र सिमांकन अहिलेनै गर्नुपर्छ भन्दै आएका एमाओवादी र मधेसी मोर्चाले आयोगको सिमांकन मान्न तयार भएको अवस्थामा नयाँ सहमति हुन लागेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु सहभागी थिए । बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘८ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ । आजै साँझ फेरि बैठक बसेर अन्तिम टुंगो लगाउछौं ।’
नेपाल र पौडेल असन्तुष्ट
4-party-25-Jetha
सोमवारको बैठकमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ८ प्रदेशमा सहमति गरेकोमा असन्तुष्टि जनाएका थिए । दुवै नेताले यसको जवाफदेहिता लिन प्रधानमन्त्री सुशील कोइरालालाई चुनौति समेत दिएको बैठकमा सहभागी एक नेताले बताए ।
कोइरालाले भने नामांकन सम्बन्धित प्रदेश सभाले गर्ने र सिमाना प्राविधिकहरुको आयोगले टुंगो लगाउने अवस्थामा संविधान जारी गर्ने मूल्यमा सम्झौता गर्नुपर्ने बताएका थिए ।
मधेसी मोर्चाको तर्फबाट बैठकमा सहभागी बिजयकुमार गच्छदारले तीन दलले गर्ने सहमतिमा आफूले ल्याप्चे लगाउने बताएका थिए । तर बैठकमा मधेसी मोर्चाका अन्य नेताहरु सहभागी थिएनन् ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z