तीन नेपाली कृषकविरुद्ध भारतमा मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो
धनगढी : वन फँडानी गरेको आरोपमा बर्दिया जिल्लाको दक्षिणी सीमाक्षेत्र जमुली भुटाहा गाउँका तीनजना नेपालीलाई भारतीय पक्षले नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
बाख्रा चराउन आफ्ना गाउँ नजिकै रहेको दशगजा क्षेत्रमा गएको अवस्थामा भारतीय अधिकारीले धनबहादुर सुनार, गोरे नेपाली र गगन राईलाई बाख्रासहित नियन्त्रणमा लिई जङ्गल फँडानीको आरोपमा मुद्दा चलाएको भेटिएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले पीडितलाई उद्धृत गर्दै बताए । (बाख्रासहित तीन नेपाली भारतीयको कब्जामा)
बर्दियामा मानव अधिकारको अवस्था अध्ययन गरी धनगढी पुगेका आयोगका सदस्य पौडेलले सीमा क्षेत्रको दशगजामा बाख्रा चराउन गएको समयमा यी नेपालीसहित उनीहरुका ५६ वटा बाख्रा भारतीय पक्षले नियन्त्रणमा लिई बहराइच पुर्याइएको थियो । जसमा ५३ बाख्रा फिर्ता गरिरएपनि तीनवटा अहिलेसम्म फिर्ता नगरेको पाइएको जानकारी उनले दिए ।
आयोगका सदस्यद्वय पौडेल र मोहना अन्सारी सम्मिलित टोलीले हाल बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा मानव अधिकारको अवस्थाका विविध पक्षबारेमा अध्ययन अनुगमन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लामा मानव अधिकार अवस्थाबारे छलफल गरिएको थियो । रासस

###
0 comments
Write Down Your Responses